आज :

नेतान्याहुको निर्देशनमा गाजामा १९२ पत्रकारको हत्या, १८९ प्यालेस्टाइनी मात्रै

  • अनलाइन डबली

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको निर्देशनमा गाजामा पत्रकारको अहिलेसम्म १९२ पत्रकारको हत्या भइसकेकाे छ ।

कमिटी टु प्रोटेक्ट जर्नालिस्ट (सीपीजे) का अनुसार बितेका २२ महिना लामो इजरायल–हमास युद्धमा कम्तीमा १९२ पत्रकार मारिएका छन्, जसमध्ये १८९ प्यालेस्टाइनी मात्रै रहेका छन्।

इजरायलले सोमबार गाजाको एक अस्पतालमा हवाई आक्रमण गरेको थियो, सो आक्रमणमा ५ पत्रकारसहित २० जनाको मृत्यु भएको थियो । सो अस्पतालमा लगातार दुई हमला भएको थियो, जसमा पत्रकारहरूले आक्रमणको कभरेज गरिरहेका देख्दा देख्दै इजरायलले सो हमला गरेको थियो ।

गाजमा आफ्नो सेनाले गरेको अमाविय कार्य विश्वमाझ पुग्ने भन्दै नेतान्याहूले पत्रकारलाई गोली हान्न आदेश दिएको प्यालेस्टाइनी अधिकारीहरुले बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलगायतले सो घटनाको आलोचना गरेपछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले घटनालाई दुःखद दुर्घटना भन्दै माफी मागेका छन् ।

सेना नेतान्याहुले इजरायलले पत्रकार, चिकित्साकर्मी र सबै नागरिकको कामको कदर गरेको र सेनाले घटनाको अनुसन्धान गरिरहेको जिकिर गरेका छन् ।

इजरायलले दावी गरेपनि अहिलेसम्म संयुक्त राष्ट्रसंघका अनुसार गाजामा इजरायली हमलामा चिकित्सा पेशासँग सम्बन्धित १ हजार ५ सयभन्दा बढी व्यक्तिको हत्या गरिएको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal