आज :

नेपाली महिला टोली आज भुटानसँग खेल्दै

  • अनलाइन डबली

काठमाडौं । नेपाल महिला फुटबल टोलीले आज भुटानसँग प्रतिस्पर्धा गर्दैछ । साफ यू–१७ महिला च्याम्पियनसिपको जारी खेलमा नेपालले आयोजक भुटानको सामना गर्न लागेको हो ।

नेपाल र भुटानबीचको खेल नेपाली समयअनुसार साँझ ५ः४५ बजेबाट सुरु हुनेछ । दुवै टोली प्रतियोगिताको पहिलो खेलमा पराजित भएका छन् । नेपालले पहिलो खेलमा भारतसँग ७–० को हार बेहोरेको थियो भने भुटान बंगलादेशसँग ३–१ ले पराजित भएको थियो ।

साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपाल, भारत, बंगलादेश र भुटान गरी चार टोली सहभागी छन् । प्रतियोगिता डबल राउण्ड–रोबिन प्रणालीमा भइरहेको छ, जसअनुसार प्रत्येक टोलीले दुईपटक सबै टोलीसँग प्रतिस्पर्धा गर्नेछ । लिग चरणको अन्त्यमा सबैभन्दा धेरै अंक प्राप्त गर्ने टोली च्याम्पियन बन्नेछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal