आज :

इजरायलले सबै बन्धकहरू छुटाउन वार्ता सुरु गर्ने घोषणा

  • अनलाइन डबली

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजामा रहेका सबै बन्धकहरूको रिहाइका लागि वार्ता सुरु गर्ने घोषणा गरेका छन् । साथसाथै, उनले गाजाको उत्तर क्षेत्रमा रहेको गाजा सहरमा इजरायली सेनाको ठूलो कारबाही गर्ने योजना पनि स्वीकृत गरिएको बताएका छन् ।

बिहीबार राति गाजाको लागि जिम्मेवार सैन्य मुख्यालयको भ्रमणका क्रममा नेतान्याहुले भने, ‘हामीले गाजा सहर नियन्त्रणमा लिन र हमासलाई परास्त गर्न इजरायली सेनालाई योजना अघि बढाउन अनुमति दिएका छौं। यससँगै बन्धकहरू छुटाउने काम पनि अघि बढ्नेछ ।’

तर, नेतान्याहुले कतार र इजिप्टको मध्यस्थतामा प्रस्तावित ६० दिने युद्धविराम सम्झौतालाई भने अस्वीकार गरेका छन् । उक्त प्रस्तावमा गाजामा रहेका बाँकी बन्धकमध्ये आधालाई रिहा गरिने उल्लेख गरिएको थियो ।

यसअघि हमासले नेतान्याहुलाई मध्यस्थकर्ताहरूको प्रस्ताव अस्वीकार गर्दै सम्झौतालाई अवरोध पु¥याएको आरोप लगाएको थियो ।

इजरायली अधिकारीहरूका अनुसार गाजामा रहेका ५० बन्धकमध्ये करिब २० मात्र जीवित रहेको विश्वास गरिएको छ । यसबीच, बिहीबार इजरायली सेनाले गाजा सहरका पूर्वी क्षेत्रहरूमा तीव्र बमबारी गरेको जनाइएको छ ।

इजरायली सेनाले गाजा सहरका करिब १० लाख बासिन्दालाई दक्षिणतर्फ सर्न चेतावनी दिँदै अन्तर्राष्ट्रिय संस्थाहरू तथा स्वास्थ्यकर्मीहरूलाई तयारी अवस्थामा रहन भनेको छ । गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले भने यस्तो कदमले बाँकी स्वास्थ्य प्रणालीलाई पूर्ण रूपमा ध्वस्त पार्ने चेतावनी दिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal