आज :

जलवायु परिवर्तनको असर गम्भीर, रारा तालदेखि तराईसम्म असर: मन्त्री साही

  • अनलाइन डबली

काठमाडौं  । वन तथा वातावरणमन्त्री ऐन बहादुर साहीले सोमबार हिन्दूकुश हिमालय संसदीय बैठकलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण नेपालले गम्भीर असर बेहोर्नुपरेको बताएका छन् ।

सम्मेलनको अवसरमा मन्तव्य दिंदै उनले जलवायु संकटले मुलुकभर नै विनाश ल्याइरहेको र अब यसको सामना गर्न सफल नीति निर्माण र कार्यान्वयन जरुरी भएको बताए ।

मन्त्री साहीले नेपालको सबैभन्दा ठूलो ताल रारासमेत जलवायु परिवर्तनको प्रत्यक्ष प्रभावमा परेको उल्लेख गर्दै भने, ‘यो तथ्य मात्र होइन, आफैंले देखेको र भोगेको कटुसत्य हो ।’

उनले जलवायु परिवर्तनको प्रभावस्वरूप हालै रसुवा जिल्लामा आएको बाढी र पहिरोका कारण २० भन्दा बढीले ज्यान गुमाएको र अर्बौंको धनमाल नोक्सान भएको जानकारी दिए ।

यसैगरी, मन्त्री साहीले तराई–मधेस क्षेत्रमा लामो समयसम्म वर्षा नहुनुका कारण खानेपानीको हाहाकार भएको र किसानहरुले खेतमा रोपाइँ गर्न नपाएको अवस्था पनि देखिएको उल्लेख गरे

उनले भने, ‘सम्मेलनले हाम्रा साझा भविष्यको लागि सफल नीतिहरुको निर्माण र कार्यान्वयनमा सहयोग पुग्नेछ । वन तथा वातावरण क्षेत्रमा देखिएका विभिन्न चुनौतिहरुलाई सफलताका साथ सम्पन्न गर्ने जिम्मेवारी पूरा गर्नुपर्ने छ । सबैभन्दा ठूलो ताल रारा ताल जस्तो प्राकृतिक सम्पदा पनि अहिले जलवायु परिवर्तनको असरबाट पीडामा छ । यो तथ्य मात्रै होइन आफैंले देखेको र भोगेको कटुसत्य पनि हो । यसवर्ष मात्रै नेपालले जलवायु परिवर्तनका दुखद अनुभवहरु बेर्होनुपर्यो । हालै रसुवामा ठूलो बाढी पहिरोबाट करिब करिब २० जना भन्दा बढीले ज्यान गुमाउनुपर्यो । अर्बौं धन सम्पत्तिहरु नोक्सानीमा परेको अवस्था छ । यसै वर्ष नेपालको तराई मधेस क्षेत्रमा लामो समय वर्ष नहुँदा खानेपानीको समस्यासँगै किसानहरुले खेत रोप्न पाएको अवस्था रहेन । समयमा किसानले खेत रोप्न नपाउँदा आउँदा दिनमा खाद्य सुरक्षामा समस्या आउने अवस्था सिर्जना भएको छ ।’

नेपालले जलवायु संकटको बाबजुद वातावरण संरक्षणमा महत्वपूर्ण योगदान गरिरहेको उल्लेख गर्दै मन्त्री साहीले करिब ४६ प्रतिशत भूभाग वनले ढाकिएको तथ्य प्रस्तुत गरे ।

‘सामुदायिक वन व्यवस्थापनमा नेपाल विश्वकै उदाहरण बनेको छ,’ उनले भने, ‘न्यून कार्वन उत्सर्जन गर्ने मुलुक भएर पनि हामी गहिरो असरमा परेका छौं ।’

उनले नेपालले जैविक विविधताको संरक्षणमा ठूलो लगानी गरेको र कार्वन उत्सर्जन न्यूनीकरण तथा अनुकूलनका क्षेत्रमा समेत सक्दो प्रयास गरिरहेको बताए ।

उनले भने, ‘नेपालले जैविक विविधताको क्षेत्रमा ठूलो लगानी गरेको छ । करिब ४६ प्रतिशत भूभाग वनले ढाकेको छ । यसको संरक्षण भइरहेको छ । सामुदायिक वन व्यवस्थापनमा विश्वकै उदाहरणहरु प्रस्तुत गरेका छौं । तर न्यून कार्वन उत्र्सजन गर्दागर्दै पनि जलवायु परिवर्तनको गहिरो असर भोग्नु परेको छ । यो समस्याका बाबजुद नेपालले कार्वन उत्र्सजन न्यूनिकरण, अनुकुलनका क्षेत्रमा आफ्नो तर्फबाट सक्दो प्रया

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal