
काठमाडौं । रुसको सेनाले गएको एक हप्तामा डोनेट्स्क क्षेत्रमा थप सात बस्तीहरू कब्जा गरेको छ । यद्यपी, युक्रेनले समेत रुसका प्रमुख केन्द्रहरुमा आक्रमण गरेको जनाएको छ ।
रुसी रक्षा मन्त्रालयले रिपोर्ट गरेको छ कि अगस्ट ९ देखि १५ सम्म, उसको सेनाले युक्रेनी रक्षा उद्योग साइटहरू र सैन्य सुविधाहरू विरुद्ध आक्रमण गरेको छ । मन्त्रालयका अनुसार, गत हप्तामा, रुसको वायु रक्षा प्रणालीले युक्रेनी एसयु—२७ लडाकु विमानलाई खसालेको छ । २७ निर्देशित हवाई बमहरू रोकेको छ र २ हजार १०० भन्दा बढी फिक्स्ड—विङ ड्रोनहरू नष्ट गरेको छ।
युक्रेनको सशस्त्र बलले शुक्रबार भनेको छ कि उनीहरूले त्यस दिनको बिहान धेरै प्रमुख रूसी लक्ष्यहरूमा आक्रमण गरेका थिए । ती मध्ये रूसको समारा क्षेत्रमा रहेको सिज्रान तेल रिफाइनरी पनि थियो । युक्रेनी सेनाले डोनेट्स्क क्षेत्रमा रहेको रूसी कमाण्ड पोस्टमा पनि सटीक आक्रमण गरेको छ ।
यसैबिच रुस र युक्रेनबिच जारी संघर्ष रोक्न शुक्रबार अमेरेकी राष्ट्रपती डोनाल्ड ट्रम र उनका रुसी समकक्षी भलाद्मीर पुटिन बिच अमेरिकाको अलस्कामा भिटवार्ता भएपनि त्यसले कुनै ठोस निर्णय निकाल्न सकेको छैन् ।