आज :

सरकार गठनको सुरुवातमै बागमती प्रदेशका मुख्यमन्त्री बानियाँ विवादमा

  • अनलाइन डबली

मकवानपुर । बहादुरसिंह लामालाई अपदस्त गरेर बनेको बागमती प्रदेशमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको सरकार गठनको सुरुदेखिनै विवादमा तानिएको छ । साउन ९ गते नेपाली कांग्रेस संसदीय दलका नेता विरुद्ध अविश्वास प्रस्ताव पेस गर्दै सरकारको नेतृत्वमा पुगेका बानियाँ आफ्नै शैलीका कारण आलोचनामा परेका छन् ।

सार्वजनिक रुपमा इमान्दारिता र नैतिकताको पक्षधर भन्दै आएका मुख्यमन्त्री बानियाँले आफ्नै अभ्यासमा त्यसको पालना नगरेको भन्दै प्रदेशसभा सदस्यहरूले असन्तुष्टि पोखेका छन् ।

सुना परियारको उपेक्षा

लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने बेला अग्रपंक्तिमा देखिएकी नेपाली कांग्रेस प्रदेशसभा सदस्य सुना परियार नयाँ सरकार गठनमा भने उपेक्षित बनेकी छन् । दलित समुदाय र समावेशीताको पक्षमा नरन्तर आवाज उठाउँदै आएकी परियारलाई मन्त्रिपरिषदमा स्थान नदिएको भन्दै बानियाँविरुद्ध गुनासो बढेको छ ।

बानियाँले दलित र जनजातिको नाम भजाएर सत्ता कब्जा गरे पनि व्यवहारमा त्यही समुदायलाई उपेक्षा गरेको आरोप लगाइएको छ । संघीय राजधानी काठमाडौंबाट प्रतिनिधित्व गर्ने परियारलाई मन्त्री बनाउन अस्वीकार गरिएकोमा कांग्रेसभित्र नै असन्तोष बढेको छ ।

केन्द्रीय नेताको दबाब ?

स्रोतका अनुसार परियारलाई मन्त्री बनाउन पार्टी सभापति शेरबहादुर देउवाले समेत हरियो झण्डा देखाएका थिए । तर विदेश भ्रमणमा रहेका कांग्रेस नेता प्रकाशशरण महतले माया श्रेष्ठ, गीता गुरुङ र सुना परियारलाई मन्त्री नबनाउन निर्देशन दिएको आरोप लागेको छ । अन्तिम समयमा परियारको नाम सूचीबाट हटाइएपछि असन्तोष झन् बढेको बताइन्छ ।

दलित समुदायको आवाज

बागमती प्रदेशसभामा नेपाली कांग्रेसका ३७ मध्ये २७ सांसद छन् । तर दलित समुदायबाट निर्वाचित एक मात्र सांसद सुना परियारलाई नै उपेक्षा गरिएकोमा दलित संघ र अन्य संगठनहरूले आपत्ति जनाएका छन् । समान हक अधिकार र समावेशी प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने भन्दै उनीहरूले पार्टी नेतृत्वलाई ध्यानाकर्षण गराएका छन् ।

विश्वासको संकट

बानियाँले अविश्वास प्रस्ताव अघि सबै सांसदलाई मन्त्री बनाइने आश्वासन दिएको तर अहिले प्रतिवद्धता पुरा नगरेको भन्दै असन्तुष्ट सांसदहरू खुलेरै बोल्न थालेका छन् । ‘राजनीतिमा इमान्दारिता र विश्वासको कुरा गर्ने मुख्यमन्त्रीले नै न इमान्दारिता देखाए, न विश्वास दिलाउन सके ।’ एक सांसदले भने । यसरी आफ्नै पार्टीभित्र असन्तोष बढ्दै जाँदा बानियाँ सरकार सुरुवाती दिनमै विवादमा तानिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal