
काठमाडौँ । बहुचर्चित रुसी फेडेरेसनका राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्र डोनाल्ड ट्रम्पबीच वार्ता सम्पन्न भएको छ । युक्रेनको विषयलाई लिएर हुने वार्तामा के होला ? भन्ने सबैको चासो र चर्चाको विषय थियो ।
ट्रम्पले आफ्नो भूमिमा पुटिनका भव्य स्वागत गरेका थिए । आकाशमा बी–२ बम बर्षक विमानसँगै फाइटर जेट र जमिनमा रातो कार्पेटले पुटिनको स्वागत गरिएको थियो । दुबै नेताबीच करिब ३ घण्टासम्म वार्ता चलेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।
वार्तापछि करिब १२ मिनेट संयुक्त पत्रकार सम्मेलनमा पनि गरिएको थियो पत्रकार सम्मेलनमा दुबै नेताले संक्षिप्तमा आफ्ना कुरा राखेका थिए । वार्ता सकारात्मक भएको र थप सहमतिको लागि फेरि बार्तामा बस्ने संकेत दुबै नेताले गरेको बताइएको छ । यो वार्ताले पुटिनले युक्रेनमा शान्तितर्फ मार्गप्रशस्त भएको बताए ।
यसअघिको अमेरिकी नेतृत्वले पुटिनलाई प्रतिबन्ध लगाएको थियो भने रुसमाथि नाकाबन्दी । अन्तर्राष्ट्रिय अदालतले पक्राउ जारी गर्न लगाएर अमेरिकाले पुटिनको बदनाम गर्ने प्रयास गरेको थियो । तर, ट्रम्पले भने भव्य स्वागत गरे ।
युक्रेनको विषयमा पुटिन र ट्रम्पबीच वार्ता भयो, त्यस देशका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संचारमाध्यमबाट के भयो भन्ने जानकारी लिनुपर्ने अवस्था सिर्जना भयो । उक्त वार्तामा सहभागी हुन जेलेन्स्कीले निकै गुहार गरेका थिए । तर उनको गुहारलाई न त ट्रम्पले सुने र पुटिनले नै ।
बार्तापछि संचारकर्मीसँग ट्रम्पले अब फोन गरेर जेलेन्स्कीलाई जानकारी गराउने बताए । उनले वार्ताको निष्कर्ष मान्नुपर्ने चेतावनी समेत दिए ।
युक्रेनको तर्फबाट पुटिनसँग ट्रम्पले वार्ता गरेसँगै जेलेन्स्कीले कसले उचालेको पात्रो हुन् भन्ने कुरा छर्लङ भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् । केही संचारमाध्यमले द्वन्द्व विज्ञहरुले त जेलेन्स्कीका ‘मालिक’ ट्रम्प भएको भन्दै अब युक्रेनको भविश्य उनकै हातमा भएको बताए ।
जेलेन्स्की र युरोपियन नेताहरुले विना सर्त पुटिनले युद्धबिराम गर्नुपर्ने कुरा बताउँदै आएका थिए । तर, वार्तामा पुटिन हाबी भए, न युद्धबिराम न आफ्नो सुरक्षाको विषय पुटिन टसमस भएनन् ।
पुटिनले ट्रम्पलाई आधा घण्टा कुराएदेखि संयुक्त पत्रकार सम्मेलनसम्म आउँदा बार्तामा ट्रम्पमाथि पुटिन हाबी भएको दृश्य सार्वजनिक भएको समाचार एजेन्सीहरुले बताएका छन् ।