आज :

अशोक राई र महतोबीच कार्यगत एकताको घोषणा, पार्टी एकता गर्ने

  • अनलाइन डबली

काठमाडौं  ।अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीबीच कार्यगत एकता घोषणा भएको छ।

काठमाडौंमा आयोजित एक कार्यक्रमका बिच दुबै पार्टीका अध्यक्ष क्रमश: राई र महतोले  कार्यगत एकताको घोषणा गर्दै हस्ताक्षर गरेका हुन्।

भावी दिनमा दुई पार्टी बिच एकीकरण गर्ने उदेश्यसहित तत्काललाई भने कार्यगत एकता गरिएको बताएका छन् ।

कार्यगत एकताको सहमति पत्रमा जसपा अध्यक्ष राई र रामुपाका अध्यक्ष महतोले हस्ताक्षर गरेका छन्।

राई उपेन्द्र नेतृत्वको जसपा नेपालबाट अलग भएर केपी ओली नेतृत्वको सरकारमा छन भने महतो महन्थ ठाकुर नेतृत्वको लोसपाबाट अलग भएर मुक्ति पार्टी गठन गरेर पहाडिया समुदाय पनि समेटेर अघि बढी रहेका छन् ।

तराई मधेस केन्द्रित संघीय लोकतान्त्रिक मोर्चामासमेत रहेका महतोको नयाँ कदमले सो मोर्चाबन्दी थप अन्यौलमा परेको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal