आज :

प्रविधि र उद्यमशीलतामा सक्रिय युवा माओवादी केन्द्रमा प्रवेश

  • अनलाइन डबली

काठमाडौं । प्रविधि र उद्यमशीलतामा सक्रिय युवा नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् ।

प्रवेश गर्नेहरूमा सफ्टवेयर इन्जिनियर धाम भट्टराई, प्रभात कर्ण, सञ्चारकर्मी तुलसी बाँस्कोटा, जनता पेन्टका निर्देशक उज्जल पाण्डे र होमकुमार राना छन्  ।

उनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले निजी निवास खुमलटारमा पार्टीमा स्वागत गरे । नवप्रवेशीलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष प्रचण्डले प्रविधि र उद्यमशीलतामा सक्रिय युवाहरूको पार्टीमा प्रवेशले माओवादी केन्द्रलाई अझ सशक्त बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

प्रचण्डले दलाल पूँजीलाई निरूत्साहित गर्दै राष्ट्रिय पूँजीको संरक्षण लागि माओवादी केन्द्र निरन्तर संघर्षरत रहेको उल्लेख गर्दै, प्रवेश गर्ने युवाहरूलाई आगामी दिनमा पार्टीको नीतिगत तथा संगठनात्मक अभियानमा सक्रिय योगदान गर्दै उत्पादन र उद्यमशीलतामा लाग्न आग्रह गरे  ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal