आज :

टप एण्ड टी–२० सिरिजको उद्घाटन खेलमा आज पाकिस्तान शाहिन्स र बंगलादेश ए भिड्दै

  • अनलाइन डबली

काठमाडौं । अस्ट्रेलियाको डार्विनमा हुने टप एन्ड टी–२० सिरिजको प्रतियोगिता आजबाट सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा आज पाकिस्तान शाहिन्स र बंगलादेश ए भिड्दै छन् ।

यस सिरिजमा विभिन्न ११ टोलीको सहभागिता रहेको छ भने सिरिजमा सहभागी रहने अन्तरराष्ट्रिय टोलीमा नेपालको राष्ट्रिय टोली, पाकिस्तान ‘ए’, बङ्गलादेश ‘ए’ र अमेरिकाको माइनर लिग विजेता सिकागो किंग्सम्यान छन् ।

प्रतियोगितामा नेपालले पहिलो खेल (भोली) अगस्ट १५ मा नर्दर्न टेरिटोरी स्ट्राइकरसँग खेल्नेछ । त्यसपछि नेपालले बंगलादेश ‘ए’ १६ अगस्टमा, मेलबर्न स्टार्स १८ अगस्टमा, होबर्ट हुरिकेन्स १९ अगस्टमा, २० मा मेलबर्नसँग २० अगस्ट र पाकिस्तान साहिन्सासँग २२ अगस्टमा खेल्नेछ ।

नेपालले अस्ट्रेलियामा सिरिज खेलेपछि सेप्टेम्बरमा युएईमा वेस्ट इन्डिजसँग तीन खेलको टी–२० सिरिज खेल्दैछ।

नेपाली टोलीहरुमा रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरि (उप–कप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, गुलशन झा, आरिफ सेख ,भीम सार्की, रुपेस कुमार सिंह, सोमपाल कामी, नन्दन कुमार यादव, करण के सी, रिजन ढकाल, लोकेस बम, साहब आलम रहेका छन् ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal