
काठमाडाैँ । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्या भण्डारीको पक्षमा बोल्न प्रतिबन्द लगाएकाे छ । भण्डारीले राजनीतिमा सक्रिय हुने घाेषणा गरेसँगै एमालेले अन्तरपार्टी निर्देशन (अपनि) नै जारी गरेर त्यस्ताे प्रतिबन्द लगाएकाे हाे ।
त्यसकाे लागि विधान महाधिवेशन समेट्नु पर्ने विभिन्न विषयमा सुझाव संकलन गर्नका लागि नेकपा एमाले कोशी प्रदेशले सचिव राजकुमार भण्डारीको सयोजकत्वमा दश सदस्यीय कार्यदल गठन गरेको छ ।
अपनि जारीपछि पहिलाे पटक काेशी प्रदेशमा भण्डारीकाे पक्षमा बाेल्न प्रतिबन्द लगाएकाे सार्वजनिक भएकाे छ ।
धनकुटाको हिलेमा भएको प्रदेश कमिटीको बैठकमा केही सदस्यहरूले भण्डारीलाइ राजनीतिमा राेक लगाउन नहुने भन्दै विधानमै बाटाे खुला गर्नुपर्ने सुझाव राखेका थिए । बैठकले भण्डारीकाे पक्षमा नबाेल्न चेतावनी दिँदै सुझाव संकलनकाे लागि राजकुमार भण्डारीकाे संयाेजकत्वमा कार्यदल गठन गरेकाे हाे ।
एमाले अध्यक्ष घनश्याम खतिवडाले अपनिकाे बर्खिलाप हुनेगरी केही सदस्यले बैठकमा बाेलेकाले बाेल्न नदिएकाे बताए ।
‘पार्टी बैठकमा ४२ जना कमरेडहरुले बोल्नु भयो । केही कमरेडहरुले पार्टी केन्द्रको निर्णय र अपानि १२ को बर्खिलापमा छलफल गर्न खोज्नु भएको थियो, एमालेमा उपल्ला कमिटीको निर्णयका विषयमा तल्ला कमिटीमा छलफल हुँदैन, तल्ला कमिटीको काम केन्द्रको निर्णय कार्यान्वयन गर्ने हो । त्यही कारणले केही साथीहरुले बोल्ने समय पाउनु भएन ।’
राजनीतिमा सक्रिय हुने घाेषणा गरेसँगै पार्टी अध्यक्ष केपी शर्मा ओलीकाे निर्देशनमा पार्टी सदस्यता नविकरण स्थगित गरिएकाे थियाे ।