आज :

‘शिवमोगा ओपन छैटौं अन्तराष्ट्रियस्तरीय कराते च्याम्पियनसिप’ मा नेपाली टोली दोस्रो

  • अनलाइन डबली

काठमाडौं । ‘शिवमोगा ओपन छैटौं अन्तराष्ट्रियस्तरीय कराते च्याम्पियनसिप’ मा नेपाली टोलीले दोस्रो स्थान हासिल गरेको छ । उक्त प्रितियोगितमा भाग लिन नेपाली टोली सोमबार भारत प्रस्थान गरेको थिए ।

भारतको कर्नाटका राज्यको शिभमोग्गा सहरमा अगस्त ९ र १० मा  आयोजना भएको ‘शिवमोगा ओपन छैटौं अन्तर्राष्ट्रिय स्तर कराते च्याम्पियनसिप’ उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो हुन सफल भएको हो ।  मेडलको आधारमा तय गरिने स्थान अनुसार भारत प्रथम, नेपाल दोस्रो, श्रीलंका तेस्रो भएको हो ।

नेपालबाट खुल्ला पुरुष तर्फ रन्जन कुमार सापकोटाले १ स्वर्ण १ सिल्बर पदक हात पारेका हुन् । पुरुष उमेर समूह तर्फ सन्देश कार्कीले २ स्वर्ण, शिशिर नेपाली २ सिल्बर, देवेन्द्र गमालले २ स्वर्ण, रबिन कुमार जैसवालले २ स्वर्ण, सरोज राईले २ सिल्बर पदक हरु हात पारेका छन् । त्यस्तेै, महिला उमेर समूह तर्फ नितिशा बुढाथोकी १ स्वर्ण १ सिल्बर, आयुशा लामाले १ स्वर्ण १ सिल्बर पदक प्राप्त गरेका छन् ।

टोलिको नेतृत्व माओले शोतोकान करातेका वरिष्ट प्रशिक्षक एवं निर्णायक अजय भक्त श्रेष्ठले गरेका थिए ।

टोलिले नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गरेका थियो । प्रतियोगितामा नेपाल, भारत, श्रीलंका, मलेसिया, ग्याबोन, अमेरिका, बङ्लादेशबिच प्रतिस्पर्धा भएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal