
काठमाडौँ । एफसी यू–२० महिला एसियन कप छनोटको खेलमा उत्तर कोरियासँग फराकिलो अन्तरले पराजित भएको छ ।
समूह एको अन्तिम खेल जित्नैपर्ने दबाबमा रहेको नेपालले ११ गोल खाँदै पराजित भएको हो । सुरुमै दबाबमा राखेको उत्तर कोरियाले पहिलो हाफमा ५ र दोस्रोमा ६ गोल गर्यो ।
भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा आइतबार फराकिलो पराजयसँगै नेपालको एसिया कपमा छनोट हुने सम्भावना सकिएको छ ।
तीन खेलमा नेपालले ४ अंकमात्रै बटुल्न सक्यो । पहिलो खेलमा भुटानसँग ११ गोलको बराबरी खेल्नु नेपालको लागि दुर्भाग्य बन्न पुग्यो ।
दोस्रो खेलमा साउदी अरेबियाविरुद्ध नेपालले अन्तिम मिनेटमा गोल गर्दै महत्त्वपूर्ण तीन अंक हात पारेको थियो ।
८ टिमबाहेक उत्कृष्ट अंक हुने उपविजेता तीन टोली पनि छनोट हुन सक्ने थियो । तर अरु तीन टोली ६र६ अंक बटुल्दै छनोट भए ।