आज :

ट्रम्पले भारतमाथि लगाए ५० प्रतिशत ट्यारिफ, मोदीले रुस पठाए सुरक्षा सल्लाहकार

  • अनलाइन डबली

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आयात हुने सम्पूर्ण बस्तुहरूमा थप २५ प्रतिशत ट्यारिफ लगाउने निर्णय गरेका छन् । योसँगै अब भारतमाथि कुल ट्यारिफ ५० प्रतिशत पुगेको छ ।

ह्वाइट हाउसद्वारा बुधबार जारी गरिएको कार्यकारी आदेश अनुसार, यो नयाँ शुल्क आदेश जारी भएको मितिबाट २१ दिनपछि लागू हुनेछ । ट्रम्प प्रशासनले भारतले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा रुसी तेलको आयात गरिरहेको आरोप लगाउँदै उक्त निर्णय लिएको जनाएको छ ।

यस निर्णयप्रति भारतको विदेश मन्त्रालयले कडा प्रतिक्रिया दिएको छ । मन्त्रालयले वक्तव्य जारी गर्दै भनेको छ, ‘यो कदम अनुचित, अकारण र तर्कहीन छ ।’ साथै भारतले ऊर्जा सुरक्षाका लागि बजारको अवस्था अनुसार तेल आयात गरिने स्पष्ट पार्दै, उक्त अमेरिकी निर्णयलाई दुर्भाग्यपूर्ण भनेको छ ।

भारतले थप भनेको छ, ‘यस्तै आयात नीति अन्य धेरै देशहरूले पनि अपनाएका छन्, तर अमेरिका केवल भारतलाई निशाना बनाउँदैछ । हामी फेरि दोहोर्याउँछौं कि यस्तो कदम अनुचित छ र भारत आफ्नो राष्ट्रिय हितको रक्षा गर्न आवश्यक सबै कदम चाल्नेछ ।’

अमेरिकाको निर्णय सार्वजनिक भएपछि भारतीय राजनीतिमा पनि प्रतिक्रियाहरू देखिएका छन् ।

कांग्रेसले प्रधानमन्त्री नरेन्द्र मोदीलाई लक्षित गर्दै एक्स (पूर्व ट्विटर) मा लेखेको छ, ‘मोदीका मित्र ट्रम्पले भारतमाथि ५० प्रतिशत ट्यारिफ लगाए । ट्रम्प लगातार भारतविरुद्ध कदम चालिरहेका छन्, तर मोदी मौन छन् । प्रधानमन्त्री मोदी, हिम्मत गर्नुहोस् र ट्रम्पलाई जवाफ दिनुहोस् ।’

त्यस्तै, कांग्रेस नेता राहुल गान्धीले ट्रम्पको निर्णयलाई ‘आर्थिक ब्ल्याकमेल’ को संज्ञा दिँदै लेखेका छन्, ‘५० प्रतिशत ट्यारिफ भारतलाई अनुचित व्यापार सम्झौताका लागि धम्क्याउने प्रयास हो । प्रधानमन्त्रीले आफ्नो कमजोरीलाई जनताको हितभन्दा अगाडि राख्नु हुँदैन ।’

यसैबीच भारतीय प्रधानमन्त्री मोदीले आफ्ना सुरक्षा सल्लाहकारलाई रुस पठाएका छन् । भारतीय संचारमाध्यमहरुका अनुसार भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल रुस पुगेका छन् । यो भ्रमणलाई विश्व राजनीतिमा निकै महत्वको साथ हेरिएको छ । ट्रम्पले रुसबाट भारतलाई टाढा राख्न कदम चालेको बताइएको छ ।

अहिलेसम्म सार्वजनिक रुपमा कुनै औपचारिक जवाफ नदिएका प्रधानमन्त्री मोदीले कुटनीतिक पहल भने जारी राखेको बताइएको छ । मोदीले रुससँगको सम्बन्ध थप बलियो बनाउन लागेको बताइएको छ । रुस भ्रमणमा रहेका डोभालले रुसमा उच्च स्तरिय वार्ता गर्नेछन् र मोदीको सन्देश पुटिनलाई सुनाउने बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal