आज :

नेपाली महिला फुटबल टोली आज भुटानसँग भिड्दै

  • अनलाइन डबली

काठमाडौं । नेपाल र भुटान बिचमा आज प्रतिस्पर्धा हुँदैछ । एएफसी यु–२० एसियन कपको १२औं संस्करणमा छनोट खेलमा नेपालले घरेलु टोली भुटानसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

नेपाली महिलाटोलीले बुधबारको  ‘छनोट प्रतियोगिता’को आफ्नो पहिलो खेलमा घरेलु टोली भुटानसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

सो खेल चाङ्लिमिथाङ रंगशालामा नेपाली समय अनुसार साँझ ५ः४५ बजेबाट सुरू हुनेछ ।

दुई साता अघि मात्रै बंगलादेशको राजधानी ढाकामा सम्पन्न साफ यु–२० च्याम्पियनसिपमा नेपाल र भुटान दुई पटक आमने–सामने भएका थिए । डबल राउन्ड रोविन पद्धत्तिको प्रतिस्पर्धामा दुवै लेग नेपालको पक्षमा गएको थियो ।

नेपाली टोलीले भुटानको पोस्टमा कूल १४ गोल गर्दा मात्र एक गोल मात्रै जवाफमा पाएको थियो ।

समूह ‘ए’मा रहेको नेपालले भुटान पछि साउदी अरेबिया र तीन पटकको विश्वकप विजेता उत्तर कोरियासँग खेल्ने तालिका छ । उत्तर कोरिया एएफसी एसियन कप र विश्वकप दुवैको साविक विजेता पनि हो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal