
काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सम्पन्न भएको छ । चार दिनसम्म चलेको बैठकले फुटको हल्लालाई खारेज गर्दै नयाँ निर्णय गरेको छ । बैठकले स्थगित मध्यपहाडी लोकमार्ग केन्द्रीय अभियान भदौ १५ गतेबाट सुरु गर्ने निर्णय गरेको छ ।
बैठकले दसैँलगत्तै र तिहारअघि केन्द्रीय समिति बैठक बस्ने निर्णय गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । उक्त बैठक सकिएलगत्तै केन्द्रीय समिति बैठक बसेर महाधिवेशनको तयारी गर्ने निर्णय भएको सापकोटाले बताए ।
यसैगरी ‘विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने निर्णय समेत भएको छ । एकताको लागि वार्ता टोली बनाएर छलफल थाल्ने सापकोटाले बताए । उनले माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीसँग पनि छलफल भइरहेको तर निष्कर्षमा नपुगिएको जानकारी दिए ।