आज :

व्यवसायीहरुलाई एमआरपी भएका सामान मात्र विक्री गर्न सुझाव

  • अनलाइन डबली

काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमार प्रसाद दाहालले व्यवसायीहरुलाई अधिकतम खुद्रा मूल्य (एमआरपी) भएका सामान मात्र विक्री गर्न सुझाव दिएका छन् ।

आइतबार ललितपुर उद्योग संघले आयोजना गरेको व्यवसायिक सचेनता गोष्ठीमा बोल्दै उनले व्यापारी र उद्योगपतिलाई एमआरपी लगाउने अधिकार रहेको भन्दै एमआरपी लगाएका बस्तुमात्र विक्री गर्न सुझाव दिएका हुन् ।

उनले भने, ‘एमआरपी अधिकतम खुद्रा मूल्य व्यापारी र उद्योगपति खुद्रा विक्रेता अथवा आयातकर्ता दुईवटाले मात्र एमआरपी लगाउन पाउँछन् । किनभने उनीहरुलाई त्यो अधिकार छ । आयातकर्ताको आयातित सामान र उद्योगीको उद्योगहरुमा उनीहरुको ट्रेडमार्ग हुन्छ ।’ उनल थप भने,‘ आफ्नो अधिकार हुन्छ । लगानी गरेका हुन्छन् । डिलर र खुद्रा विक्रेतालाई एमआरपी लगाउन भन्दैनौँ तर व्यवसायीहरुले एमआरपी लगाएका बस्तुमात्र विक्री गर्नुपर्छ । अन्यथा त्यो वस्तुलाई शंका गर्छौँ कतै यो वस्तु चोरीको त हैन ।’

उनले नेपालको ७० प्रतिशत अर्थतन्त्र अनौपचारिक बजारमा रमाइरहेकाले एमआरपीको विरोध भईरहेको भन्दै यसलाई लागू गर्न सके मात्र देशको अर्थतन्त्र तीन गुणाले बढ्ने बताए ।

‘अहिले ७० प्रतिशत अर्थतन्त्र अनौपचारिक हो । हामी त्यसैमा रमाइरहेका छौँ । त्यसैकारण हामी नीतिको विरोध गर्छौँ । एमआरपीको विरोध गर्छाँै । बिल, बिजक दिदैनाँै । सबैले हैन कसैकसैले दिँदैनन् । त्यसलाई न्यूनिकरण गर्न खोजेको हो । यदि एमआरपी लगाइयो र सबैले बिल, बिजक दिने हो भने देशको अर्थतन्त्र तीन गुणाले बढ्छ,’ उनले भने ।

यसैगरी राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रिय अध्यक्ष प्रेमलाल महर्जनले व्यापारिक कारोबार गर्ने व्यवसायिहरुलाई कानुनको दायरामा ल्याउने काम स्थानीय तहको रहेको भन्दै सबै व्यवसायलाइ दर्ता प्रक्रियामा ल्याउन अनुरोध गरे ।

‘दर्ता नभएका दुकान,प्रतिष्ठान अथवा अन्य व्यापारिक कारोबार गर्ने व्यवसायिहरुलाई कानुनको दायरामा ल्याउने, दर्ता प्रक्रियामा ल्याउने काम स्थानीय तह वा नगरपालिकाको हो । उद्योग वाणिज्य संघ मार्फत मैले भनेको छु, अब व्यवसायिहरुलाई दर्ता प्रक्रियामा ल्यानुस्,जोडिनुस् । यसमा नगरपालिकाहरु सजक र सचेत हुनुहोस्,’ उनले भने ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal