
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठक आजपनि जारी छ ।
शुक्रबारदेखि सुरू भएको स्थायी समिति बैठक बस्न लागेको हो । बैठक बिहान ११ः ०० बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसिरहेको छ ।
शनिबारको बैठकमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको समसामयिक राजनीतिक प्रस्ताव तथा समसामयिक राजनीतिक विषयमा १८ जना स्थायी समिति सदस्य, पाँच पदाधिकारी र एक अनुशासन आयोगका पदाधिकारीले धारणा राखेका थिए।
बाँकी नेताहरुले आज पनि आ आफ्ना धारणा राखिरहेका छन् ।