
काठमाडौँ । श्रीमति र श्रीमतिको जुगाको लडाइँले थला परेको नागरिक उन्मुक्ति पार्टीको नयाँ अध्यक्षमा फेरि रेशम चौधरीका बुबा चयन भएका छन् । राजनीतिक परिपक्कता कम भएका लालबीरलाई अध्यक्ष बनाउन रेशमले नै भूमिका खेलेका छन् ।
नाउपाकी अध्यक्ष तथा रेशमकी श्रीमति तथा निलम्बित अध्यक्ष रञ्जिता श्रेष्ठलाई कारवाही गरेपछि लालबीर अध्यक्षमा चयन भएका हुन् । रञ्जितालाई कारवाही पछि बसेको राष्ट्रिय भेलाले बिहीबार लालबीर अध्यक्षमा चयन भएको नाउपाले जनाएको छ ।
बुधबार भेलाले घुस अडियो काण्डमा मुछिएकी रञ्जितालाई साधारण सदस्य समेत नरहने गरी अध्यक्षबाट हटाएको थियो ।
लालबीर बर्दिया क्षेत्र नं. २ बाट निर्वाचित सांसद पनि हुन् ।