
काठमाडौं । नेपाली कांग्रेस बागमती संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित भएका छन् ।
हेटौडामा आज भएको मतदानवाट भारी मतसहित बानियाँ दलका नेतामा चुनिएका हुन् ।
जस अनुसार मकवानपुरवाट प्रतिनिधित्व गर्ने प्रदेश सांस बानियाले २२ सांसदको मतसहित विजयी हुदाँ मुख्यमन्त्री बहादुर सिंह लामा भने १४ मा सिमित भए। लामा पक्षका एक जना सांसदको मत बदर हुन पुगेको छ । बागमतीमा कांग्रेसका कुल ३७ सांसद छन् ।
यसैबीच मुख्यमन्त्री लामाले दलको नेताको हैसियत गुमाए पनि आफूले राजिनामा नदिने बताए । पराजित भएपछि संचारकर्मीसँग लामाले आफूले पार्टीलाई नभएर संविधानलाई मात्रै चिन्ने भन्दै तत्काल राजिनामा नदिने बताएका छन् ।
मुख्यमन्त्री लामाले विधानको धारा १६८(२) अनुसार सरकार बनेको र त्यसमा सरकार गठन गर्दा दलको नेता हुनैपर्छ भन्ने नभएको समेत दाबी गरे ।
सरकारलाई दुई वर्षसम्म अविश्वास प्रस्ताव ल्याउन बताए । संविधानले स्थिर सरकारको व्यवस्था गरेको बताउँदै एकचोटि अविश्वास प्रस्ताव दर्ता भयो भने अर्को पटक फेरि एक वर्ष कुर्नुपर्ने प्रावधान रहेको समेत बताए ।