आज :

रञ्जितालाई रेशमको काउन्टरः कार्यवाहक अध्यक्ष तोक्ने निर्णय विधान विपरीत

  • अनलाइन डबली

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीले रन्जिताले कार्यवाहक अध्यक्ष विधान विपरित तोकेको बताएका छन् ।

बुधबार आयोजित बैठकमा उपस्थित हुँदै उनले कार्यवाहक अध्यक्ष तोक्ने व्यक्तिलाई केन्द्रीय समितिबाट अनुमोदन गराएर बैठक राखेर नतोकि सिधैँ तोकेको भन्दै रन्जिताले यसबारे केन्द्रीय कमिटिको बैठक बोलाएर स्पष्टिकरण दिनुपर्ने बताए ।

उनले भने, ‘रन्जिताजीले केन्द्रीय कमिटिको बैठक बोलाएर स्पष्टिकरण दिनुपर्ने थियो । कार्यवाहक अध्यक्ष तोकेको सम्बन्धमा मलाई व्यक्तिगत रुपमा मन परेको छैन । धेरै व्यक्तिको चित्त दुखेको पनि छ र यो हाम्रो विधान विपरित पनि छ । विधान अनुसार उहाँले तोक्ने व्यक्तिलाई केन्द्रीय समितिबाट अनुमोदन गराएर बैठक राखेर तोक्नुपर्ने थियो । यसै कारणले गर्दा पनि पार्टीमा गम्भिर छलफल हुनुपर्यो ।’

कार्यकर्ताले कार्यवाहक अध्यक्ष को हो भनेर सोध्दा यो व्यक्ति हो, यो हुनुपर्छ भनेर निर्णय गर्नको लागि आजको बैठक आयोजना गरिएको उनको भनाई छ ।

साथै, उनले पछिल्लो क्रममा उठेका केही विषयहरुको निराकरण के हो, यो सत्य हो की असत्य हो भन्ने कुराको छलफलको लागि पनि राष्ट्रिय भेला बोलाइएको बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal