आज :

माओवादी बैठकः रोकिएको अभियानलाई निरन्तरता दिने, स्थायी समिति बैठकका एजेण्डा तय

  • अनलाइन डबली

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले साउन १६ गतेदेखि सुरु हुने स्थायी कमिटी बैठकको लागि एजेन्डा तय गरेको छ ।

बुधबार पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले साउन १६ गते (शुक्रबार) देखि सुरु हुने स्थायी कमिटी बैठकका लागि एजेन्डा तय गरेको माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए ।

उनले स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष प्रचण्डले वर्तमान परिस्थितिबारे ब्रिफिङ गर्ने, पोखरामा आएर रोकिएको अभियानलाई निरन्तरताबारे छलफल गर्ने, केन्द्रीय समितिको मिति तय गर्ने बारे छलफल भएको जानकारी दिए ।

उनले समाजवादी मोर्चालाई सक्रिय र विस्तार गर्नेबारे छलफल गर्ने र सङ्गठन निर्माण विकास, आन्तरिक एकता सुदृढिकरणबारे पनि छलफल हुने भन्दै बैठकको अन्त्यमा अहिलेको वर्तमान स्थितिबारे एउटा प्रस्तावित पारित गर्ने एजेण्डा तयार भएको बताए ।

‘शुक्रबार बस्ने स्थायी कमिटीको बैठकमा पार्टी हेडक्वाटरको तर्फबाट अध्यक्ष प्रचण्डले बर्तमान परिस्थितिको बारेमा व्रिफिङ गर्नुहुनेछ । परिस्थितिको बारेमा व्रिफिङ गरिसकेपछि अभियान पोखरामा आएर जुन रोक्किएको छ नि त्यसलाई निरन्तरता दिने बारे छलफल भएको छ । साथसाथै केन्द्रिय समितिको बैठकको पनि मिती तय गर्ने बारेपनि छलफल हुनेछ । अहिले समाजवादी मोर्चाको बैठकहरु बसि रहेको छ, अहिले समाजवादी मोर्चालाई सक्रिय बनाउने अलि विस्तार गर्ने पनि भन्नेपनि कुरा छ । त्यो सम्बन्धमा स्थायी समितिले छलफल गर्ने छ । त्यो सँग सँगै संगठन निर्माणका कुराहरु पनि छन् , कार्यविभाजनका कुराहरु छन्, आन्तरिक एकता सुदृढिकरणका कुराहरु छन् । बैठकको अन्त्यमा अहिलेको वर्तमान स्थितीबारे एउटा प्रस्तावित पारित गर्ने एजेण्डा तयार भएको छ ’ उनले भने ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal