आज :

झापा इनर्जी लिमिटेडको आईपीओ आजदेखि निष्कासनमा

  • अनलाइन डबली

काठमाडौं । झापा इनर्जी लिमिटेडले आजदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ निष्कासन गरेको छ ।
कम्पनीले गत असार ३१ गते प्रति शेयर १०० रुपैयाँ अंकित दरका ९ लाख ५० हजार ४७५ कित्ता साधारण शेयर जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । कम्पनीले कुल ४ लाख ३७ हजार २१९ कित्ता आईपीओ जारी गरेको छ । जसमध्ये प्रत्यक्ष प्रभवित क्षेत्रका बासिन्दाका लागि १ लाख ९० हजार ९५ कित्ता र आयोजनाको अप्रत्यक्ष प्रभावित क्षेत्रका बासिन्दाका लागि १ लाख ९० हजार ९५ कित्ता र नेपाल सरकारको सम्वन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि ५७ हजार २९ कित्ता आईपीओ जारी गरेको हो ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले छिटोमा साउन २८ गते र ढिलोमा भदौ १२ गते सम्म र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने छिटोमा साउन १८ गते र ढिलोमा साउन २८ गते सम्म आवेदन दिन सक्नेछन् । प्रभावित क्षेत्रका बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतममा ५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन भने वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० र अधिकतममा ५ हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा हिमालयन क्यापिटल रहेको छ । धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो शेयरबाट आवेदन दिन सकिनेछ् । कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणलाई आईपीओ जारी गर्नेछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal