
काठमाडौं । नेपाली बजारमा आज(आइतबार)सुनको मूल्य एक हजार एक सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा एक हजार एक सय रुपैयाँले घटेर एक लाख ९३ हजार ६ सयमा कारोबार भइरहेको छ ।
यसअघि गत हप्ताको शुक्रबार सुन तोलाको एक लाख ९४ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । तोलामा ५० रुपैयाँले घटेर चाँदी दुई हजार दुई सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।