
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाको युद्ध रोकिने भएको छ । दुई देशका सीमा विवादकै कारण औपचारिक युद्धको नजिक पुगेका थिए । अमेरिकालगायतका देशहरुले दुबै देशलाई युद्धविराम गर्न प्रस्ताव गरेका थिए ।
यसअघि अमेरिकाले राखेको युद्धविरामको प्रस्तावको कम्बोडियाका प्रधानमन्त्री हुन सेनले स्वागत गरेका थिए । उनले कम्बोडियाका विदेशमन्त्रीले अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले युद्धविरामबारे कुरा गर्ने सार्वजनिक गरेका थिए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कम्बोडिया र थाइल्याण्ड युद्धविराम गर्न सहमत भएको बताएका छन् ।
कम्बोडिया र थाइल्याण्डबीच सीमा विवादका कारण तनाव बढेको थियो । यही तनावका बीच कम्बोडियाले थाइल्याण्डमाथि हवाई हमला गरेको थियो । दुईपक्षीय लडाइँमा कम्तिमा ३० जनाभन्दा बढीको मृत्यु भएको छ ।
ट्रम्पले दुबै देश युद्धविरामको लागि सहमत भएको सार्वजनिक गरेपछि पनि दुबै देशका सेनाबीच सीमा क्षेत्रमा गोलाबारी जारी रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।