आज :

थाइल्यान्ड र कम्बोडियाबीच तनाव स् १२ जनाको मृत्यु

  • अनलाइन डबली

एजेन्सी । थाइल्यान्ड र कम्बोडियाबीच सीमा क्षेत्रमा सैन्य झडप भएपछि स्थिति तनावपूर्ण बनेको छ । झडपमा ११ थाई नागरिक र एक सैन्य कर्मचारीको मृत्यु भएको थाई स्वास्थ्यमन्त्रीले जनाएका छन् ।
झडपमा एक सैनिक र ११ जना सर्वसाधारणको ज्यान गएको हो । थाइल्यान्डले आफ्ना सबै नागरिकलाई कम्बोडिया छाड्न भनेको छ । जसका कारण कम्बोडियासँगको सम्पूर्ण सीमा बन्द गरिएको छ ।
यता, कम्बोडियाले भने थाइल्यान्डमाथि ‘अत्यधिक बल’ प्रयोग गरेको आरोप लगाउँदै बैंककसँगको सम्बन्धलाई कमजोर बनाएको जनाएको छ ।
कम्बोडियाले थाई गाउँमा रकेट प्रहार गरेको र एक अस्पतालमाथि आक्रमण गरेको आरोप लागेको छ । त्यस्तै थाइल्यान्डले कम्बोडियाली सैनिक क्षेत्रलाई निशाना बनाएर हवाई हमला गरेको जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal