आज :

दलाल पुँजीवाद र आत्मसमर्पणवादी प्रवृत्तिविरुद्ध एकजुट हुन अध्यक्ष प्रचण्डको आह्वान

  • अनलाइन डबली

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले दलाल पुँजीवादविरुद्ध क्रान्तिकारी शक्तिहरू एकजुट हुन आवश्यक रहेको बताउनुभएको छ।

पुष्पलाल स्मृति दिवसको अवसरमा आज काठमाडौंस्थित राष्ट्रिय सभागृहमा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो।

अध्यक्ष प्रचण्डले नेपाली कम्युनिष्ट आन्दोलनका साझा व्यक्तित्वका रूपमा पुष्पलाललाई स्मरण गर्दै भन्नुभयो, “पुष्पलाल हामी सबैको साझा केन्द्र हुनुहुन्छ। उहाँलाई केन्द्रमा राखेर सच्चा कम्युनिष्टहरूले पार्टी एकता र मोर्चा निर्माण गर्नु आजको आवश्यकता हो।”

उहाँले पुष्पलाल स्वयंप्रति आफ्नो निष्ठा स्मरण गर्दै थप्नुभयो, “मैले एक रुपैयाँ लेवी तिरेर पुष्पलाल समूहमार्फत पार्टी सदस्यता लिएको थिएँ। पुष्पलाललाई जनयुद्धका क्रममा सम्मान गर्ने गरी नै मैले दस्तावेज पनि लेखेको थिएँ। त्यसैगरी झापा विद्रोहको सम्मान र पुष्पलालमाथि लगाइएको आरोपको खण्डन गर्दै दस्तावेज लेख्ने अवसर पनि मलाई प्राप्त भएको थियो।”

संविधानसभाको ऐतिहासिक पृष्ठभूमि उल्लेख गर्दै अध्यक्ष प्रचण्डले जनयुद्धमार्फत जनतालाई गोलबन्ध गरेर मात्रै संविधानसभा सम्भव भएको स्मरण गराउनुभयो। “संविधानका विषयमा युरोपमा बुद्धिजीवीहरूले बहस गर्थे, तर ती बहसलाई माक्र्सले जनताको साथ र विद्रोह बिना कागजका खोस्टा मात्र हुन् भनेका थिए। नेपालमा पनि संविधान सभाको बहस पहिले देखि हुँदै आए पनि निर्वाचन हुन सकेको थिएन। माओवादी केन्द्रले जनयुद्धको सुरुवात गरी जनतालाई गोलबन्ध गर्दै जनमिलिसिया सेना निर्माण गरेपछि मात्रै जनताको विद्रोहको बलमा संविधानसभाको निर्वाचन सम्भव भएको हो,” उहाँले स्पष्ट पार्नुभयो।

अध्यक्ष प्रचण्डले नेपाली कम्युनिष्ट आन्दोलनमा ३६ वर्ष लामो आफ्नो भूमिकाको स्मरण गर्दै कम्युनिष्ट पार्टीहरूबीचको एकता, विद्रोह र देशमा शान्ति कायम गर्न खेलेको भूमिकाबारे चर्चा गर्नुभयो। “कहिले विद्रोह, कहिले शान्ति प्रक्रिया, कहिले पार्टी एकता — यी सबैमा मैले नेतृत्व गरेको हुँ। अहिले पनि म कम्युनिष्टहरूको एकताको झण्डा बोकेको छु,” उहाँले भन्नुभयो।

वर्तमान परिस्थितिमा केही भ्रम फैलाउने प्रवृत्ति देखिएको उल्लेख गर्दै त्यसविरुद्ध जनता र क्रान्तिकारी शक्तिहरूलाई एकताबद्ध गराउनुपर्नेमा उहाँले जोड दिनुभयो। “सर्वत्र मिडियाबाट भ्रम र निराशा फैलाउने काम भइरहेको छ। तर, हामीले जनतामा वर्गीय आशा जगाउनै पर्छ,” उहाँले बताउनुभयो।

अध्यक्ष प्रचण्डले कम्युनिष्ट आन्दोलनलाई संस्थागत गर्दै अगाडि बढ्नका लागि पुष्पलालको विचारलाई मूल मार्गदर्शक मान्नुपर्ने धारणा व्यक्त गर्नुभयो। “हामीले गरेका माओवादी आन्दोलनका सम्पूर्ण गतिविधि पुष्पलालकै विचारको आधारमा थिए,” उहाँको भनाइ थियो।

अध्यक्ष प्रचण्डले सबै कम्युनिष्ट शक्तिहरूलाई दलाल पुँजीवाद र आत्मसमर्पणवादी प्रवृत्तिविरुद्ध एकजुट भएर अघि बढ्न आह्वान गर्नुभयो। “कमरेड पुष्पलाललाई सच्चा सम्मान गर्ने हो भने कम्युनिष्ट क्रान्तिकारीहरूबीच एकता हुनुपर्छ,” उहाँले स्पष्ट पार्नुभयो।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal