
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ ले नेपाली कम्युनिस्ट आन्दोलन चौबाटोमा अलमलिएको जस्तो भएको बताएका छन् ।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४७ औँ जन्मजयन्तीको अवसरमा मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै शर्माले कम्युनिस्ट आन्दोलनले आफैमाथि प्रश्न गरिरहेको बताए समेत बताए ।
प्रभाकरले चौबाटोमा अलमलिएको कम्युनिस्ट आन्दोलनबाट कसरी मुक्ति मिल्छ ? भन्ने प्रश्नको उत्तर दिने बेला आएको बताए । प्रभाकरले अगाडि भने, ‘पुँजीवादी क्रान्तिले एउटा चारण पार गरिसकेपछि चौबाटोमा हराएको बटुवा जस्तो यता जाऊँ कि उता जाऊँ भनेर अलमलिइरहेको कम्युनिस्ट आन्दोलनको एउटा सदस्यको नाताले मैले आफैमाथि प्रश्न गरिराखेको छु, यो भौतारिँदै गरेको अवस्थाबाट कसरी मुक्ति मिल्न सक्छ ? कुन दिशा अँगाल्ने भनेर प्रश्न अहिले हाम्रो अगाडि आएको छ ।’ उ
सहिदहरूले गरेको बलिदानी, घाइतेले गरेको त्याग, उत्पीडित वर्ग समुदायले हामी प्रति गरेको विश्वास आफैलाई निहालेर हेर्दा हामीले कति घोकाएका कति आफै जानेका आश्वासन बाँड्दै आन्दोलनलाई अगाडि बढाइरहेका क्षणलाई सम्झँदै प्रभाकरले भने, ‘यति बेला म आफै आन्दोलनको कठघरामा उभिएको मैले महसुस गरेको छु । यो कठघराबाट हामीले प्रश्नको जवाफ दिन सक्छौँ कि सक्दैनौँ ?’
वर्तमान नेतृत्वका सहयात्री योद्धाहरू पनि भएकाले उत्तर नदिँदा नेपाली जनताको आशा र विश्वास कम्युनिस्ट आन्दोलनप्रति हराउँदै जाने खतरा रहेको बताउँदै उत्तर दिँदा कतिपयलाई मन नपर्ने भएपनि इतिहासप्रति बेइमानी गर्न नहुने बताए ।
प्रभाकरले यो व्यक्ति विशेषको कुरा नभएर वर्ग, आन्दोलनप्रति विश्वास, सङ्कल्पको कुरा भएको बताए ।