आज :

एमाले केन्द्रिय समिति बैठक: विद्यालाई पार्टी अध्यक्ष बन्नबाट रोक्ने ओलीको योजना

  • अनलाइन डबली

काठमाडौं । नेकपा एमालेको केन्द्रिय समिति बैठक आजवाट सुरू हुँदैछ । च्यासल, ललितपुरस्थित केन्द्रिय कार्यालयमा उक्त बैठक सुरू हुनेछ ।

मुख्यतयाः बिधान अधिवेसनको पुर्व तयारी तथा पुर्व राष्ट्रपति बिधादेवी भण्डारी पुनः एमालेको राजनीतिमा फर्कने बिषयमा यो केन्द्रिय समिति बैठकको मुख्य अजेन्डा हुनेछ ।

यसअघि बसेको सचिवालय बैठकले मुख्यतयाः ७० बर्षे उमेर हद र एक ब्यक्ति २ कार्याकाल भन्दा बढी पदाधिकारीमा बस्न नपाइने भन्ने बिधानको ब्यवस्थालाई खारेज गरेको थियो, जसलाई पोलिटब्युरोलेसमेत अनुमोदन गरिसकेको छ ।

तर, पुर्व राष्ट्रपति भण्डारीको सदस्यता नविकरण भने ‘पेन्डिङ’ मा राखेको जनाए पछि अध्यक्ष ओलीले भण्डारीलाई पुनः सक्रिय राजनीतिमा फर्कन रोक लगाइएको रूपमा अर्थ्याइए पछि हिजो दुबै नेता बिचमा च्यासलस्थित कार्यालयमा भेटघाट र छलफल भएको थियो ।

सो छलफलको खास कुरा बाहिर नआए पनि ओली भने भण्डारीलाई जसरी पनि रोक्ने पक्षमा देखिएका छन् । सो बिषयमा पनि आजको केन्द्रिय समिति बैठकमा छलफल हुने बुझिएको छ ।

अध्यक्ष ओलीले विद्या भण्डारीलाई नेतृत्व लिने गरी पार्टीमा सक्रिय नदिने योजनामा छन् । उनले औपचारिक रुपमा नेतृत्व दिन नसकिने बताउँन थालेका छन् भने विद्याले आफू तयार रहेको बताउँदै आएकी छन् ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal