काठमाडौं । आजबाट सुनमा दुई प्रतिशत विलासिता कर र ( हिरा लगाएत पथ्थर जडित गहना ) १३ प्रतिशत मूल्य अभिवृद्धि कर लागु भएको छ ।
नेपाल सरकारको आर्थिक वर्ष २०८२।०८३ को बजेटमार्फत हिरा तथा बहुमूल्य पत्थरमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने र सुनमा विलासिता कर थप गर्ने निर्णय गरे अनुसार यो नियम आगु भएको हो ।
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल सुनचाँदी ब्यबसाय संघ , नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ, रत्न तथा आभूषण संघ लगाएत आबद्द अन्य ब्यबसाय संघहरुले मुल्य अभिवृद्धि कर अव्यावहारिक भएको भन्दै सुनमा लगाइएको विलासिता कर र हिरा लगायत बहुमूल्य पत्थरमा लगाइएको मूल्य अभिवृद्धिकर (भ्याट) पुनरवलोकन गर्न सरकारसँग माग गरेको छ।