काठमाडौँ । अमेरिकन अर्बपति एलन मस्कले नयाँ राजनीति दल खोलेका छन् । सामाजिक सञ्जालमार्फत मस्कले ‘अमेरिका पार्टी’ नामक नयाँ पार्टी खोलेको जनाएका छन् ।
राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पलाई जिताउन मस्कले डलरको खोलो बगाएका थिए । तर, सम्बन्ध बिग्रिएपछि ट्रम्पलाई नै टक्कर दिन नयाँ दल खोलेका हुन् ।
‘जब देश भ्रष्टाचार र खर्चकै कारण दिवालिया हुँदैछ, त्यहाँ हामी बहुदलीय प्रजातन्त्रमा होइन, एकदलीय व्यवस्थामा बाँचिरहेका छौं’, मस्कले लेखेका छन्, ‘आज ‘अमेरिका पार्टी’ गठन गरिएको छ( तिमीलाई फेरि स्वतन्त्रता दिन ।’
यो घोषणासँगै मस्कले ट्रम्पको ‘बिग ब्यूटिफुल बिल’ नामक घरेलु नीतिगत विधेयकप्रति आफ्नो गम्भीर असहमति दोहोर्याएका छन् । सो विधेयकले संघीय बजेट घाटामा खरबौं डलर थप्ने आँकलन गरिएको छ । यही विषयमा मतभेद भएपछि गत महिनाबाट उनीहरूबीच सम्बन्ध चिसिएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार मस्कले आफ्नो नयाँ दल संघीय निर्वाचन आयोगमा दर्ताको तयारीमा रहेका छन् ।


अनलाइन डबली


