आज :

अर्थतन्त्र चिन्ताजनक छैन्, लयमा फर्किएको छ ः गर्भनर पौडेल

  • अनलाइन डबली

काठमाडौं । गर्भनर विश्वनाथ पौडेलले अहिले देशको अर्थतन्त्र चिन्ताजनक नभएको बताएका छन् ।
शुक्रबार आर्थिक वर्ष २०८२÷८३ को मौद्रिक नीति तर्जुमा गर्ने सन्दर्भमा राय सुझाव सङ्कलन गर्ने उद्देश्यले आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपालमा पैसा भएपनि विदेशी विनिमयहरु विनियोजनमा समस्या रहेको बताए ।
उनले भने,‘अहिले देशको आर्थिक अवस्था हेरेर दुखी हुनु पर्दैन् । त्यति निराशाजनक छैन् अर्थतन्त्र । ठिक छ । त्यति नराम्रो अवस्था केही छैन् । हामीसँग पैसा पनि छ । हामीसँग विदेशी विनिमयहरु पनि छन् । खाली विनियोजनमा कसरी जाने भन्ने विषय हो ।’
उनले प्राकृतिक रुपमा अर्थतन्त्र जम्प गर्ने कुरा नभएको भन्दै उनले पोलिसीहरुमा सहज रुपमा मुभ गर्नुपर्ने धारणा राखे ।
पैसा,विदेशी विनिमयहरुहरु पर्याप्त रुपमा हुँदाहुँदै पनि वृद्धिका लागि सही चालक आवश्यक भएको उनले औंल्याए ।
उनले भने,‘यो अर्थतन्त्र भनेको प्राकृतिक रुपमा जम्प गर्ने कुरा होइन् । खासगरी पोलिसीहरुमा स्मूथ मुभ हुनुपर्छ । हामीसँग पैसा छ । विदेशी विनिमयहरु छ तर ग्रोथको लागि ड्राइभर छैन् ।’
गर्भनर पौडेलले अर्थतन्त्रको ग्राफ हेर्दा कोरोनाको समयमा चिन्ताजनक भएतापनि अहिले लयमा फर्किएको दाबी गरे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal