
काठमाडौं । यू–१६ इस्ट जोन कपमा नेपालले इन्डोनेसियालाई ४२० रनको विशाल लक्ष्य दिएको छ ।
मलेसियामा जारी प्रतियोगितामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ४२० रन बनाएको हो ।
नेपालका लागि प्रशिद्ध जैशीले शतक र परिमार्जन यादव, रौनक श्रीवास्तव र जोय थापाले अर्धशतक प्रहार गरे ।
जैशीले ११४ बलमा १३२ रन बनाउँदा, यादवले २८ बलमा ७१, श्रीवास्तवले ७१ बलमा ८८, थापाले ४१ बलमा ५१ रन बनाए भने सुगम बुढाथोकीले ३४ बलमा ३९, रोशन शाहीले ९ बलमा १० रन बनाउन सफल भए ।