आज :

युद्धबिरामको लागि इरानसँग ट्रम्प-नेतान्याहूको बिन्ती ? इरानी हमलामा इजरायलकाे भारी क्षति

  • अनलाइन डबली

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धबिराम गर्न दुबै देश सहमति भएको घोषणा गरेपछि इरानले गरेको हमलामा इजरायलको ठूलो क्षति भएको छ ।

इजरायली संचारमाध्यमहरुका अनुसार इरानले क्षेप्यास्त्र प्रहारले इजरायलको दक्षिणी सहर बेअरशेबामा कम्तीमा ३ जनाको मृत्यु भएको छ भने दर्जानौं घाइते भएका छन् ।

ट्रम्पले घोषणापछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले युद्धविरामको घोषणा गर्न तयार रहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार मंगलबार एक विज्ञप्तिमा इजरायलले इरानसँग युद्धविराम सम्झौताका सम्बन्धमा धारणा राख्दै नेतान्याहूलाई भने, ‘गहन कूटनीतिक र सुरक्षा प्रयासहरू पछि, हामी इरानसँग व्यापक युद्धविरामको घोषणा गर्दैछौं ।’

यसअघि इरानी संचारमाध्यमहरुले उक्त टेलिभिजनले कतारस्थित अमेरिकी सैन्य बेसमाथि गरिएको आक्रमणपछि डोनाल्ड ट्रम्पले युद्धविरामका लागि बिन्ती गरेको बताएको छ ।

सरकारको भनाई भन्दै इरानी संचारमाध्यमले ट्रम्पले बिन्ती गरेपछि युद्धविरामका लागि इरान तयार भएको बताएको छ ।

इरानी संचारमाध्यमले भनेजस्तै ट्रम्पले कतारस्थित अमेरिकी सैन्य बेसमाथि हमला गरेपछि युद्दबिरामकाे लागि बिन्ती  गरेकै हुन् त भन्ने प्रश्न उठेकाे बताइएकाे छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal