आज :

इरानी आक्रमणबाट ६ इजरायलीको मृत्यु

इजरायल  । इरानी आक्रमणबाट ६ इजरायलीको मृत्यु भएको छ। आइतबार बिहान उत्तरी सहर हाइफामा ५ जनाको ज्यान गएको छ भने तेल अभिभमा एक ६० वर्षीया महिलाको ज्यान गएको छ।

यसअघि शनिबार राति पनि एक २० वर्षीया महिलाको ज्यान गएको थियो। सोही क्षेत्रमा २० जना घाइते भएका छन्। यसै गरी जुडेयन फुटहिलमा पनि २४ जना घाइते भएका छन्। इरानको क्षेप्यास्त्र आक्रमणले मध्य र उत्तरी इजरायलमा व्यापक विनाश निम्त्याएको छ ।

इजरायली सेना र राष्ट्रिय आपतकालीन सेवा म्यागेन डेभिड एडोम (एमडीए) का अनुसार इरानले शुक्रबार राति दुई ठूला ब्यारेजहरूमा लगभग १०० वटा क्षेप्यास्त्र प्रहार गरेको थियो जसले मध्य र उत्तरी इजरायलका भवनहरू र सुविधाहरूमा उल्लेखनीय क्षति पु¥याएको थियो, ४१ जना घाइते भएका थिए।

इजरायल डिफेन्स फोर्सले विज्ञप्ति जारी गर्दै केही समय अगाडि मात्र आणविक संरचनामा हमला गरेको जनाएको छ।

इरानले पनि भर्खरै इजरायलको अर्को आक्रमण गरेको जनाएको छ। इजरायली डिफेन्स फोर्स (आइडिएफ)ले त्यहाँका सम्पूर्ण बासिन्दालाई लगातार इरानले आक्रमण गरेका कारण होम ग्राउन्ड कमान्डको निर्देशन अनुसार चल्न भनेको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal