आज :

विश्वकपमा नेपाल पहिलो हुने विश्वास

  • बुद्धशरण शाही

काठमाडौँ। नेपाल खो खो संघको केन्द्रीय अध्यक्ष प्रदिप महर्जनले नेपालको खो खो खेलको विकास तीब्र रुपमा भइरहेको बताउनुभएको छ ।
हालै भारतको नयाँ दिल्लीमा सम्पन्न पहिलो विश्व कपको दुवै विधामा नेपाल दोश्रो भएपछि नेपालमा खो खो खेलको लोकप्रियतासँगै राष्टिय स्तरका खेलहरु भएको जानकारी दिनुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।
उहाँका अनुसार हालै नेपालका लुम्बिनी प्रदेशमा राष्टिय स्तरका दुईवटा प्रतियोगितामा देखिएको उत्साह र सफलताले सो कुरा पुष्टि भएको छ । तुलसीपुर उपमहानगर र बर्दियामा भएका दुईवटा प्रतियोगितामा खो खो खेलले नेपाली दर्शक र सम्बद्ध पक्षको ध्यान आकर्षण गर्न सकेको उहाँको भनाई छ ।
तुलसीपुर उपमहानगरमा भएको प्रतियोगितामा भारतीय खो खो संघको विशेष चासो र सक्रियताले पनि नेपाली खो खो खेलको प्रगति बढिरहेको छ । सो प्रतियोगितामा भारतीय राष्टिय खेलाडी र नेपाली राष्टिय खेलाडीबीच भएको मैत्रीपूर्ण खेलमा नेपालले भारतलाई टक्कर दिएको थियो ।
प्रतिष्पर्धात्मकमा खेलमा भारतलाई पछ्याउँदै नेपाल एक अंकले मात्र पछि परेको थियो । दुई सेटको खेलमा १० अंक रहेको नेपालविरुद्ध भारतले ११ अंकका साथ विजयी भएको थियो ।
खो खोका वरिष्ठ प्रशिक्षक लक्ष्मीनारायण वैद्यले यही स्तरमा खेलकुदको विकास भए बेलायतको लण्डनमा हुने दोश्रो विश्वकप प्रतियोगितामा नेपालले पहिलो स्थान बनाउने सम्भावना रहेको विश्वास व्यक्त गर्नुभयो ।
यस्तै, भारतीय प्रशिक्षक र अधिकारीहरुले पनि नेपालको खो खोको स्तर बढेकोमा खुशी व्यक्त गर्नुहुँदै दोश्रो विश्वकपमा भारतलाई जित निकाल्न धेरै उपाय सोच्नु पर्ने वाध्यता आइपरेको बताउनुभयो ।
यसैबीच, खो खो संघका केन्द्रीय अध्यक्ष महर्जनले विश्वकपमा पाएको सफलतासँगै खेलाडी तथा प्रशिक्षकहरुलाई चाँडै नेपाल सरकारले आर्थिक पुरस्कार प्रदान हुने जानकारी दिनुभयो ।

 

 

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal