
काठमाडाैँ । चीनकाे महत्वकांक्षी परियाेजना बीआरआईमा चीन- पाकिस्तान र अफगानिस्तानबीच नयाँ सहमति भएकाे छ । चिनियाँ संचारमाध्यमहरूका अनुसार आर्थिक करिडोर (सीपीईसी) अफगानिस्तानसम्म बिस्तार गर्न तीन देशबीच सहमति भएकाे हाे ।
इस्लामावादको विदेश कार्यालयले विज्ञप्तिमा सीपीईसी सम्बन्धी घोषणा पाकिस्तानका उपप्रधानमन्त्री परराष्ट्रमन्त्री इशाक दार, चिनियाँ विदेशमन्त्री वाङ यी र अफगानिस्तानका कार्यवाहक विदेशमन्त्री अमिर खान मुट्टाकीबीच बेइजिङमा त्रिपक्षीय बैठकमा सहमति भएकाे बताइएकाे छ ।
दार बेइजिङको तीन दिने भ्रमणमा छन्, जुन भारतले पाकिस्तान र अधिकृत कश्मीर (पीओके) क्षेत्रहरूलाई लक्षित गरी अपरेसन वर्मिलियनु सुरु गरेपछि पहिलो उच्चस्तरीय वार्ता हो। बैठकपछि ‘एक्स’ मा एक पोस्टमार्फत दारले भने, ‘पाकिस्तान, चीन र अफगानिस्तान क्षेत्रीय शान्ति, स्थिरता र विकासको लागि एकसाथ खडा छन्।’
तीन नेता सँगैको तस्विर पनि सेयर गर्दै दारले भनेका छन्, ‘हामीहरू कूटनीतिक संलग्नता अभिवृद्धि गर्न, सञ्चारलाई सुदृढ गर्न र साझा समृद्धिको प्रमुख संवाहकका रूपमा व्यापार, पूर्वाधार र विकासलाई प्रवर्द्धन गर्न व्यावहारिक कदम चाल्ने विषयमा छलफल गरेका छौं,’ विज्ञप्तिमा भनिएको छ।
‘उनी (चीन र अफगानिस्तानसमेत) ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बीआरआई) सहयोगलाई गहिरो बनाउन र चीन–पाकिस्तान आर्थिक करिडोर (सीपीईसी) अफगानिस्तानसम्म विस्तार गर्न सहमत भएका छन’ बिज्ञप्तिमा अगाडी भनिएको छ ।
भारतले भने पाकिस्तान प्रशासित कश्मीर (पीओके) हुँदै ६० अर्ब अमेरिकी डलरको सो निर्माणको विरोध गर्दै अाएकाे छ । साथै, विज्ञप्तिमा परराष्ट्रमन्त्रीहरूको छैटौं त्रिपक्षीय बैठक चाँडै नै आपासी सुविधाजनक मितिमा काबुलमा हुने सहमति भएको छ।
याे सहमतिले भारत तनावमा परेकाे बताइएकाे छ ।