
काठमाडौँ । सुनको भाउ आज एकैदिन प्रतितोला तीन हजार पाँच सय रुपैयाँले घटेको छ । हिजो बुधबार सुनको भाउ तोलाको एक लाख ८५ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ८१ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ ३५ रुपैयाँले घटेर ताेलाकाे एक हजार नौ सय २५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार नौ सय ६० रुपैयाँ रहेको थियो ।