आज :

संविधानको रक्षा र संघीयताको सुदृढीकरणका लागि समाजवादी मोर्चा सशक्त बनाउन नेताहरूको जोड

  • देविराम देवकोटा

सुर्खेत — संविधानको रक्षा, संघीयताको सुदृढीकरण र समावेशी लोकतन्त्रलाई संस्थागत गर्न समाजवादी मोर्चाले ऐतिहासिक भूमिका निर्वाह गर्नुपर्नेमा नेताहरूले जोड दिएका छन्। नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले विरेन्द्रनगर, सुर्खेतमा आयोजित प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै मुलुक अहिले गहिरो संकटमा रहेको उल्लेख गर्दै संकट पार लगाउन समाजवादी शक्तिहरूको एकता र मोर्चाको सुदृढीकरण अपरिहार्य भएको धारणा राखे।

महासचिव गुरुङले भने, “देश गहिरो संकटमा छ। संविधान, संघीयता र समावेशी लोकतन्त्रमाथि निरन्तर आक्रमण भइरहेको अवस्थामा समाजवादी मोर्चाले जिम्मेवारीपूर्वक हस्तक्षेप गर्नुपर्छ।” उनले समाजवादी मोर्चालाई सशक्त, संगठित र जनतामुखी बनाउनुपर्ने आवश्यकता औँल्याए।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश संसदीय दलका नेता राजकुमार शर्माले मोर्चालाई जनताको सवालसँग जोडेर सशक्त आन्दोलन निर्माण गर्नुपर्नेमा जोड दिए। उनले भने, “हामीले मोर्चालाई जनताको दुखसुख र अधिकारसँग जोड्नुपर्छ। जनताको आवाजलाई बुलन्द गर्दै शक्तिशाली आन्दोलनको निर्माण हाम्रो दायित्व हो।”

त्यस्तै नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा कर्णाली प्रदेश इञ्चार्ज कर्णजित बुढाथोकी (सुशील सि) ले समाजवादी मोर्चालाई कर्णाली प्रदेशमा मजबुत बनाउन संकल्प व्यक्त गरे। उनले भने, “हामी कर्णालीका जनताको अधिकारका लागि लड्नेछौँ। विकास, सुशासन र सामाजिक न्याय सुनिश्चित गर्न मोर्चाको भूमिका निर्णायक हुनेछ।”

नेकपा (समाजवादी) कर्णाली प्रदेश अध्यक्ष ठगेन्द्र प्रकाश पुरीले समाजवादी मोर्चा नेपालको तर्फबाट आयोजित यो अन्तरक्रियाले कर्णालीमा नयाँ ऊर्जा र स्पष्ट मार्गदर्शन दिएको बताए। उनले प्रदेशका सम्पूर्ण समाजवादी शक्ति र नेतृत्वलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरे।

कार्यक्रममा नेकपा (समाजवादी) कर्णाली प्रदेश अध्यक्ष ठगेन्द्र प्रकाश पुरीले अध्यक्षता गरेका थिए भने कार्यक्रमको सञ्चालन नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश अध्यक्ष विमला केसीले गरेकी थिइन्।
कार्यक्रमको प्रारम्भमा स्वागत मन्तव्य नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य धर्मराज देवकोटाले राखेका थिए।

अन्तरक्रिया कार्यक्रममा विभिन्न नेताहरूले समसामयिक राजनीतिक परिस्थितिबारे धारणा राख्दै समाजवादी आन्दोलनलाई अझ सशक्त, संगठित र जनतामुखी बनाउने साझा संकल्प व्यक्त गरेका थिए। उनीहरूले संघीयता र लोकतान्त्रिक उपलब्धिहरूको रक्षा गर्न समाजवादी मोर्चाको भूमिकालाई अझ सक्रिय र प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका थिए।

कार्यक्रममा सहभागी नेताहरूले स्थानीय तहदेखि संघीय सरकारसम्म समाजवादी सोच र अभ्यासलाई बलियो बनाउने रणनीतिमा केन्द्रित भई काम गर्नुपर्ने धारणा राखे। उनीहरूले जनताको आधारभूत अधिकार, सुशासन, विकास र सामाजिक न्यायका सवालमा कुनै सम्झौता नगर्ने अठोट व्यक्त गरे।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal