आज :

चार देशिय ट्वान्टी- २० अन्तर्राष्ट्रिय शृंखलामा नेपालको विजयी सुरुआत

  • अनलाइन डबली

काठमाडौं ।  नेपालले चार देशिय ट्वान्टी– २० अन्तर्राष्ट्रिय शृंखलामा विजयी सुरुआत गरेको छ ।

नेपालले बुधबार हङकङको मिसन रोड क्रिकेट मैदानमा कतारविरुद्ध ८ विकेटले बिजयी सुरूवात गरेको हो ।

कतारले प्रस्तुत गरेको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको हो । जस अनुसार नेपालका लागि कुशल भुर्तेलले ३८, कप्तान रोहितकुमार पौडेलले अविजित ३७, आसिफ शेखले ३३ र बसिर अहमदले अविजित ३० रन बनाउन सफल भए । पहिलो विकेटका लागि कुशल र आसिफले ८१ तथा तेस्रो विकेटका लागि रोहित र बसिरले अविजित ६२ रनको साझेदारी गरेर नेपाली टोलीलाइ बलियो बनाएका थिए ।

कतारका लागि दुवै विकेट मुजिब उर रेहमानले लिएका हुन ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कतारले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १५१ रनको योगफल तयार पारेको थियो ।

कतारका लागि कप्तान इक्रमउल्लाह खानले ५४ बलमा पाँच चौका र दुई छक्काको मद्दतले सर्वाधिक ५४ रनको योगदान गरे भने शहजाद जामिलले ३१, मुजिब उर रेहमानले अविजित २०, मोहम्मद इर्शदले अविजित १८ र अरुमुगागणेश नागराजनले १३ रन बनाएका थिए ।

नेपालका लागि करण केसी, सोमपाल कामी, नन्दन यादव, गुल्शनकुमार झा र ललितनारायण राजवंशीले समान एक विकेट लिन सफल भए ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal