आज :

आर्मी र एपिएफ राष्ट्रिय महिला फुटबलको फाइनलमा

  • अनलाइन डबली

भरतपुर । त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो ।

रोमाञ्चक खेलमा आर्मी ६–३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा भण्डारीले चार गोल गरिन् । अरु दुई गोल बिमला र हिमा चौधरीले गरे ।

रौतहटका लागि पिउली रायले दुई तथा सेनु परियारले एक गोल गरे । चार गोल गरेकी आर्मीकी चन्द्रा प्लेयर अफ द म्याच भइन् । उनले १० हजार प्राप्त गरिन् ।

उक्त खेलको प्रमुख अतिथी एनआरएनए आईसिसिका उपमहासचिव प्रविन गुरुङले उक्त राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सफलताको शुभकामना ब्यक्त गरे । चितवन स्थायी घर भइ कतारलाई कर्मभुमी बनाएर ब्याबसाय र सामाजिक कार्य गर्दै आएका गुरुङले महिला फुटबललाई सधै सहयोग गर्ने बताए । गुरुङले नेपालको खेलाडीहरुले घरको खाना खएर यत्तिको खेलेकोमा प्रसंसा गरे ।

उक्त राष्ट्रिय महिला फुटबल प्रतियोगिताको भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल लगायतले सफलताको शुभकामना व्यक्त गरे ।

आर्मीले अब उपाधिका लागि एपिएफ एफसी काठमाडौंको सामना गर्नेछ । एपिएफ यसअघि पहिलो सेमिफाइनलमा भरतपुर–२४ विरुद्ध ११–० को फराकिलो जित निकाल्दै फाइनलमा प्रवेश गरिसकेको छ ।

चितवन जिल्ला फुटबल संघको आयोजना तथा भरतपुर महानगरपालिकाको प्रवद्र्धनमा जारी प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ । प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ तथा उपविजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन।

उपाधिका लागि दुई विभागीय टोली एपिएफ एफसी काठमाडौं र त्रिभुवन आर्मी एफसी भिड्दैछन् । भरतपुर ७ कृष्णपुरको मैदानमा खेल दिउँसो ३ः३० बजे सुरु हुनेछ ।

प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीले उपाधि जित्ने लक्ष्य रहेको बताएका छन् । एपिएफका प्रशिक्षक जनक सिंहले आफ्नो टोली उपाधि जित्ने लक्ष्य लिएर मैदान उत्रिने बताए । उनले आर्मीविरुद्धको खेल प्रतिस्पर्धात्मक हुने पनि बताए । राष्ट्रिय टिमका अधिकांश खेलाडी एपिएफमा हुनु बलियो पक्ष भएको उनले बताए ।

कप्तान अनिता बस्नेतले एपिएफले आफ्नै शैलीको खेल प्रस्तुत गर्ने बताइन् । उनले पनि विपक्षीलाई कमजोर नआँक्ने बताइन् ।

आर्मीका प्रशिक्षक कृष्ण सिंह ठगुन्नाले यस पटक एपिएफलाई हराएर उपाधि जित्ने विश्वास रहेको बताए । फाइनलमा केही परिवर्तन हुन सक्ने उनले संकेत गरे ।

आर्मीविरुद्ध यसअघिका खेलमा हार बेहोरे पनि यस पटक जित्ने लक्ष्य रहेको बताए । कप्तान सुनिता चौधरीले आर्मीको लक्ष्य उपाधि नै रहेको बताए ।

आर्मीलाई एपिएफविरुद्ध बदला लिने अवसर रहेको छ । फागुन २४ गते भएको इलाम गोल्डकपको फाइनलमा एपिएफले आर्मीलाई पराजित गरेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal