आज :

श्रम मन्त्रालय घुस सङ्कलन गर्ने अड्डा बन्यो: डीपी अर्याल

  • अनलाइन डबली

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उपसभापति डीपी अर्यालले श्रम मन्त्रालय श्रमिकहरुसँग घुस सङ्कलन गर्ने अड्डा बनेको आरोप लगाएका छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रत्येक दिन ताहाचल कार्यालयमा करिब ७५ लाख घुस असुली भइरहेको छ । मन्त्री र डीजीलाई जानकारी गराउँदासमेत पनि बेखबर छन् । अब मन्त्रालय घुसको अड्डा बनेको हो,’ उनको प्रश्न थियो ।

‘देशमा रोजगार नपाएर हरेक दिन युवाहरू विदेशिन परेको समाचार अब नयाँ रहेन । हामीसँग श्रम मन्त्रालय छ । मन्त्रालयको उद्देश्य र काम भनेको रोजगार सिर्जना, युवाहरुलाई देशमा बस्ने वातावरण बनाउने हुनुपर्ने हो । तर मन्त्रालयलाई कहिले बिचौलियाले चलाएको आरोप छ त ट्रेड युनियनका सदस्यहरूलाई विदेश घुमाएको आरोप छ,’उनले भने,‘अहिले आएर भविष्य यहाँ नदेखेर विदेश जान बाध्य श्रमिकहरुसँग घुस सङ्कलन गर्ने अड्डा बनेको सर्बत्र बजारमा जानकारी छ । प्रत्येक दिन ताहाचल कार्यालयमा करिब ७५ लाख घुस असुली भइरहेको मन्त्री र डीजीलाई जानकारी गराउँदा समेत पनि बेखबर हुनु भनेको अब मन्त्रालय घुसको अड्डा बनिरहेको छ । सरकारको गम्भिर ध्यानाकर्षण होस्’,उनले भने ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal