
काठमाडाैँ । देशकै अग्रणी तथा ठुलो इन्टरनेट नेटवर्क सेवाप्रदायक कम्पनी क्लासिकटेकले अन्तर्राष्ट्रिय नारी दिवस (२०२५ को अवसरमा उधामी महिलाहरुको लागि ५० प्रतिशत फ्ल्याट डिस्काउन्ट मा उधामी प्याकेज अफर सार्वजनिक गरेको छ।
यस अन्तर्गत उधमी (Enterprise) प्याकेज ६० एम बीपी एस वार्षिक रु १७,९५० को ५० % फ्ल्याट डिस्काउन्ट रु ८,९७५ उधमी (Enterprise) प्याकेज १२० एम बीपी एस वार्षिक रु ३४,२२२ को ५० % फ्ल्याट डिस्काउन्ट रु १७,१११ र उधमी (Enterprise) प्याकेज २०० एम बिपी एस वार्षिक रु ४६,१९५ को ५०% फ्ल्याट डिस्काउन्ट रु २३,०९७ रहेको छ। उधमी महिला लाइ लक्षित गरि उक्त अफर सार्वजनिक गरेको कम्पनीले बताएको छ।
यस अफर प्राप्त गर्नको लागि कम्पनि महिलाको नाममा दर्ता भएको हुनु पर्ने छ। उधमी (Enterprise) प्याकेज मा पब्लिक आईपी, 5GHz डुवल ब्याड राउटर, र अनलिमिटेड एफ यु पी पनि समाबेश छ। यस प्याकेज जडान गर्ने ग्राहकले कर्पोरेट सपोर्ट पाउने छन् भने अफर मार्च १५ सम्म मान्य हुनेछ ।
साथै, तोकिएको बाहेक अन्य शुल्क लाग्ने छैन । थप जानकारीको लागि ९८०२६२२३०३ फोन वा [email protected] मेल गर्न सकिने छ । सर्त हरु लागु हुने छन्।