
काठमाडौँ ।नेपाली सुन बजारमा आज सुन तोलामा सात सय रुपैयाँले बढेको छ । नयाँ बढेको भाउ तोलाको एक लाख ६९ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ६८ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदीको भाउ हिजोजस्तै तोलामा एक हजार नौ सय ७० रुपैयाँ कारोबार भइरहेको महासङ्घले जनाएको छ ।