आज :

ट्रम्पका कारण चीन-ताइवानबीच फेरि तनावः चिनियाँ ६२ सैन्य लडाकु बिमान गस्तीमा

  • अनलाइन डबली

काठमाडाैँ । ताइवानले उसको टापु नजिकै २४ चिनियाँ सैन्य विमान पत्ता लगाएको जनाएको छ ।

ताइवानको रक्षा मन्त्रालयका अनुसार सिमा नजिक २४ चिनियाँ सैन्य लडाकु पत्ता लगाइएको हो । क्यानाडाको युद्धपोतसमेत रहेको संवेदनशील ताइवान स्ट्रेटको टापु नजिकैबाटै २४ चिनियाँ सैन्य विमान उडेको ताइवानको रक्षा मन्त्रालयले जनाएको छ।

ती चिनियाँ विमानहरूमा लडाकू जेट र ड्रोनहरू पनि समावेश रहेका छन् । आइतवार ताइवान वरपर सैन्य जहाजहरूसँग संयुक्त युद्द अभ्यासको तयारी गस्ती गरिरहेको देखियोएको मन्त्रालयको दावी छ ।

‘चीनको सेनाले ताइवान स्ट्रेटबाट पारगमन गर्ने क्यानाडाली फ्रिगेटलाई रेडियो गरेको थियो र उसलाई मार्ग परिवर्तन गर्न चेतावनी दिएको थियो,’ ताइवान मिडियाले रिपोर्ट गरेका छन ।

ह्यालिफ्याक्स– क्लास फ्रिगेट (एचएमसीएस) ओटावा यस वर्ष जलमार्ग ट्रान्जिट गर्ने पहिलो क्यानाडाली नौ सेनाको जहाज थियो ।

ताइवानको विदेश मन्त्रालयका अनुसार यसको ट्रान्जिटमा दुइ अमेरिकाका जहाजहरू, एक नौ सेनाको विनाशक जहाज र अर्को एक सर्वेक्षण जहाजले पास गरे पछि चीनियाँ सैन्य बिमान यस आसपास क्षेत्रमा आएका हुन् ।

अमेरिका र यसका सहयोगीहरूले नियमित रूपमा १८० किलोमिटर ताइवान स्ट्रेट पार गर्दै अन्तर्राष्ट्रिय जलमार्गको रूपमा आफ्नो स्थितिलाई सुदृढ पार्न खोजे पछि चीन आक्रामक भएकाे छ ।

अमेरिकी विनाशक र महासागर सर्वेक्षण जहाज सोमबारदेखि सुरु भएको जल क्षेत्र पार गरेको जनाइएको छ ।

ताइवान रक्षा मन्त्रालयले प्रकाशित गरेको तथ्याङ्क अनुसार बुधबार बिहान ६ बजे देखी ४८ घण्टा भित्रमा ६२ चिनियाँ सैन्य विमान यस टापु नजिकै पत्ता लागेको देखाएको छ ।

अमेरिकी राष्ट्रपति र डाेनाल्ड ट्रम्प र जापानी प्रधानमन्त्री शिगेरु इसिबाले एकपक्षीय रूपमा ताइवान स्ट्रेटमो बल वा जबरजस्ती स्थितिलाई परिवर्तन गर्ने कुनै पनि प्रयासको विरोध गरेको बताएपछि चिनियाँ बिमान देखिएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरूले जनाएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal