
काठमाडौँ । नेपाल एकायन कराते संघ कंकेश्वरी शाखा प्रशिक्षण केन्द्र, कंकेश्वरीको आयोजनामा नवौं कंकेश्वरी अन्तरविद्यालय एकायन कराते प्रतियोगिता २०८१, सम्पन्न भएको छ । काठमाडौँ महानगरपालिका १९ स्थित शान्ति निकुञ्ज माध्यमिक विद्यालय मरुहिटीको प्राङ्गणमा शनिबार सम्पन्न भएको हो ।
उक्त कार्यक्रमको उद्घाटन समारोहमा काठमाडौं महानगरपालिका वडा नं १९ का वडा अध्यक्ष राजेश कुमार श्रेष्ठको प्रमख आतिथ्यता रहेको थियो । नेपाल एकायन कराते संघका संस्थापक अध्यक्ष श्रीकृष्ण डंगोलको सभापतित्वमा संचालित कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं २० का वडा अध्यक्ष रोजेन्द्र मानन्धर, नेपाल एकायन कराते संघ काठमाडौं जिल्लाका सल्लाहकार एवं समाजसेवी आनन्द बहादुर शाही, नेपाल एकायन कराते संघका केन्द्रीय सल्लाहकार शंकर महर्जन, नेपाल एकायन कराते संघका केन्द्रिय सल्लाहकार रमेशमान मुनिकार, दक्षिण एसियाली एकायन कराते महासंघका उपाध्यक्ष शशी कपाली, नेपाल एकायन कराते संघका सल्लाहकारहरु विरकृष्ण श्रेष्ठ, नेपाल एकायन कराते संघ कंकेश्वरी शाखाका सल्लाहकार बालकृष्ण महर्जन, नेपाली काँग्रेस १९ वडा समितिका सभापति गोविन्द श्रेष्ठ, गोजुरियो कराते काठमाडौं जिल्ला अध्यक्ष एवं वरिष्ठ प्रशिक्षक राजकुमार श्रेष्ठ, उदियमान कलाकार मिरा डंगोल, मेरिहोम मन्टेशवरी तिनथानाका प्रिन्सिपल सरिता खनाल र इन्द्र विनायक युवा क्लवका सल्लाहकार सुनिल शाही समेतको उपस्थिति रहेको थियो ।
उक्त अवसरमा नेपाल एकायन कराते संघका केन्द्रिय सल्लाहकार शंकर महर्जनले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । प्रतियोगितामा काठमाडौंका विभिन्न विद्यालयका १३७ जना एकायन कराते खेलाडीहरुको सहभागिता रहेको थियो । महिलातर्फ ६ तथा पुरुषतर्फ ८ गरी जम्मा १४ वटा तौल समूहहरुमा प्रतियोगिताका खेलहरु संचालन भएका थिए । उपरोक्त तालिका अनुसार महिलातर्फ ३० के.जी मुनि तौल समूहमा सविज्ञा परियारले स्वर्ण, सन्जिता तामाङ्गले कास्य र इन्दिरा तामाङ्गले रजत पदक प्राप्त गर्न सफल भए भने ३५ के.जी. मुनि तौल समूहमा शिवपुरी माध्यमिक विद्यालय रेखा रोकायाले प्रथम, समिक्षा वाईबाले द्वितीय र सविना तामाङ्गले तृतिय स्थान हासिल गरिन्, त्यसैगरी ४० के.जी. मुनि तौल समूहमा दिपशिखा खत्रीले स्वर्ण पदक, शिला तामाङ्गले कास्य पदक र शान्ति सम्बृद्धि शाहीले रजत पदक प्राप्त गर्न सफल भईन् । त्यसैगरी ४५ के.जी. मुनि तौल समूहमा सम्झना तामाङ्गले स्वर्ण पदक, विपना घिसिङ्गले कास्य पदक र शोभा नेपालीले रजत पदक प्राप्त गर्न सफल भईन् । ५० के.जी. मुनि तौल समूहमा सपना गोपालीले स्वर्ण पदक, युनिका लिम्बुले कास्य पदक र आयुषा परियारले रजत पदक प्राप्त गर्न सफल भईन् भने खुल्ला तौल समूहतर्फ विनिता थिङ्ग र एन्जेल शेर्पाले क्रमशः प्रथम र द्वितिय स्थान हासिल गरे भने खुशी तामाङ्गले तृतिय स्थान हात पार्न सफल भइन् ।
प्रतियोगिताको पुरुषतर्फ २५ के.जी. मुनि तौल समूहमा लविन कार्की प्रथम, कविर तामाङ्ग द्वितीय र फुर्वा शेर्पा तृतिय भएका थिए । ३० के.जी. मुनि तौल समूहमा शान्ति निकुञ्ज मा. वि. का विवेश जैसी प्रथम, दिपशिखा माध्यमिक विद्यालयका मिपाङ्ग थापा द्वितीय र सोचन गुरुङ्ग तृतिय स्थान हासिल गर्न सफल भएका थिए, भने ३५ के.जी. मुनि तौल समूहमा उज्वल इङनाम प्रथम, दिपशिखा माध्यमिक विद्यालयका गौतम सुनुवार द्वितीय र यसहाङ इङनाम तृतिय भएका थिए । ४० के.जी. मुनि तौल समूहमा प्रविन श्रेष्ठले प्रथम, सुजन दनुवारले द्वितीय र सुजन थापा महरले तृतिय पुरस्कार प्राप्त गरेका थिए । त्यसैगरी ४५ के.जी. मुनि तौल समूहमा सुजन तामाङ्ग प्रथम, इभान बुढामगर द्वितीय र अर्विन यादव तृतिय भएका थिए भने ५० के.जी. मुनि तौल समूहमा पवन तामाङ्गले स्वर्ण, क्रिस ठाडामगरले कास्य र प्रदिप बुढाले रजत पदक हासिल गरे । यसैगरी ५० के.जी. मुनि तौल समूहमा रोहित श्रेष्ठले स्वर्ण, प्रविन मगरले कास्य र सुवास नेपालीले रजत पदक हासिल गरे । प्रतियोगिताको खुल्ला तौल समूहमा विवेश रोकाया तथा मनिष राई क्रमशः प्रथम र द्वितिय तथा हेमन्त शाक्य तृतिय भई क्रमशः स्वर्ण, कास्य र रजत पदक हासिल गर्न सफल भएका थिए । विजयी खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथि लगायत अन्य विशिष्ट अतिथिज्यूहरुले प्रमाणपत्र, मेडल तथा ट्रफीबाट पुरस्कृत गर्नु भएको थियो । साथै अन्य सहभागी सम्पूर्ण खेलाडीहरु लगायत खेल पदाधिकारीहरुलाई पनि सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो । उक्त प्रतियोगितामा निर्णयाधिशमा भरत धौलाकोटी, मुख्य निर्णायकमा किशोर तामाङ्ग र रुपेश मगर तथा निर्णायकहरुमा राजेन्द्र तामाङ्ग, सुरेश धौलाकोटी, शंकर धौलाकोटी, हिमाल सागर, सुनिल नकर्मी, उर्मिला विश्वकर्मा, शम्शेर लामा, सुमन महर्जन, पृथ्वी खतिवडा, श्रीराम राना, र अविषेक तामाङ्ग रहेका थिए ।