आज :

क्लासिक टेक ‘ह्याकाथन प्रतियोगिता २०२५’ फागुन ३-४ मा हुँदै, १ लाख जित्ने माैका

  • अनलाइन डबली

काठमाडाैँ । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक नेपाल र टेक्नोफेस्ट सँगको सहकार्यमा ‘ह्याकाथन प्रतियोगिता २०२५’ हुने भएको छ।

कार्यक्रम फागुन ३ र ४ गते काथफोर्ड इन्टरनेशनल कलेज अफ इन्जिनियरिङ र म्यानेजमेन्टको प्रङ्गागमा हुने आयोजकले बताएको छ।

देशकै ठुलो तथा अग्रणी कम्पनीले ह्याकाथन २०२५ ले युवा पुस्तालाई प्रविधिमा अगाडि बढ्न प्रेरित गर्ने तथा नवीन समाधानहरु विकास गर्न प्रोत्साहित गर्ने लक्ष्य राखेको छ।

सहभागीहरुले कोडिङ, कृत्रिम बुद्धिमत्ता, सफ्टवेयर विकास, साइबर सुरक्षा लगायतका विभिन्न प्राविधिक क्षेत्र मा आफ्नो दक्षता समेत प्रदर्शन गर्न पाउने छन्। साथै विजेताले १ लाख रुपैंयाँ सम्म को नगद पुरस्कार जित्ने अवसर पाउने छन् ।

कार्यक्रममा कोडिङ मा रुचि हुने हरुले सहभागीता लिन सक्नेछन। नेपालमा डिजिटल रुपान्तरण र प्रविधिगत प्रगतिमा योगदान पुर्‍याउने आफ्नो प्रतिबद्धतालाई सशक्त बनाउन ह्याकाथन प्रतियोगिता आयोजन गरेको जानकारी दिएको छ । थप जानकारीको लागि वेबसाइट www.classic.com.npलगइन गर्न सक्ने छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal