आज :

बलात्कार आरोपी नलिनप्रसाद पौडेल पक्राउ

  • अनलाइन डबली

काठमाडौँ । बलात्कार आरोप लागेका नलिनप्रसाद पौडेललाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला सरकारी वकिल कार्यालयमार्फत दर्ता भएको मुद्दालाई प्रहरीले कार्यान्वयन ढिला गरेपछि पीडित युवती परादेशको माग गर्दै उच्च अदालत पाटन पुगेकी थिइन् ।

उच्च अदालत पाटनका न्यायाधीश सूर्यप्रसाद पराजुली र परुषोत्तम प्रसाद ढकालको संयुक्त इजलासले नलिनप्रसादविरुद्ध परमादेश जारी गरेको थियो । पीडित युवतीको तर्फबाट वरिष्ठ अधिवक्ता त्रिलोचन गौतमले परामादेश जारी गरेर आरोपी नलिनप्रसादलाई कानुनी दायरामा ल्याउन माग गरेका थिए ।

सप्तरीको राजविराज स्थायी घर भई काठमाडौँको काँडाघारीमा बस्दै आएका पौडेललाई जबरजस्ती करणी आरोपमा काठमाडौँ जिल्ला अदालतले गत चैत्र ८ गते पक्राउ पुर्जी जारी गरेको थियो । तर, प्रहरीले पक्राउ गरी कानुनी प्रक्रिया अगाडि बढाएको थिएन ।

सरकारी वकिल कार्यालयले उच्च अदालतको परमादेश कार्यान्वयनको लागि प्रहरी परिसर काठमाडौँ पठाएको थियो ।
प्रहरी स्रोतका अनुसार पौडेल माघ १५ गते पक्राउ परेका हुन् । प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

घटना यस्तो थियो

गाउँबाट उच्च शिक्षा अध्ययनको लागि काठमाडौँ आएका ति युवतीलाई पौडेलले २०७७ साउनबाट घरेलु कामदारको रुपमा राखेका थिए । बस्न खान र मासिक १२ हजार तलबसँगै पढाई दिने भनेपछि ति युवती पौडेलका घरमा काम गर्न थालेकी थिइन् । पौडेलले मासिक पारिश्रमिक दिएनन् र उल्टै जबरजस्ती यौन शोषण गर्दै आएको पीडित युवतीले जाहेरीमा उल्लेख गरेकी छन् ।

पटकपटकको यौन शोषणलाई इन्कार गर्न थालेपछि घटना सार्वजनिक हुने डरले पौडेललाई युवतीलाई फसाउने योजना बनाए, युवतीको नाममा पसल खोल्न लगाए र बैंकमा खाता पनि खोलिदिए ।

करिब एक बर्षसम्म पसल चलाएपछि पौडेलले युवतीसँग पसको समान हाल्दा साहुलाई देखाउनुपर्ने भन्दै नामका दुई चेकमा हस्ताक्षर गराएर लगे । तिनै चेकमा आफैले १० लाख ८० हजार रुपैयाँ लेखेर बाउन्स गरेको पीडित गरेको जाहेरीमा उल्लेख छ । “मेरो पसलमा समान उनिहरुले नै दिन्थे । साहुलाई देखाउनुपर्छ भनेर हस्ताक्षर गराएर खाली चेक लिन्थे । त्यही खाली चेकमा मलाई कुनै जानकारी नै नदिएर १० लाख ८० हजारको लेखेर बैंकमा गएछन् । मेरो खातामा त्यत्रो रुपैयाँ हुने कुरै भएन । मलाई चेक बाउन्सको मुद्दा दिएको रैछ, एकैपटक प्रहरीले मलाई पक्राउ गरेपछि मात्रै थाहा पाएँ” पीडित युवतीको जाहेरीमा उल्लेख छ । पौडेलले मान्छे लगाएर पक्राउ गर्न लगाएपछि मात्रै आफूविरुद्ध चेक बाउन्सको मुद्दा परेको थाहा पाएको पीडित युवतीले बताएकी छन् ।

चाटर्ड एकान्टेन्ट पौडेलले आफ्नो नेतादेखि प्रहरी प्रशासनको उच्च तहसम्म आफ्नो पहुँच भएको बताउँदै करणीको कुरा कसैसँग भनेपछि ज्यान नै बेपत्ता पारिदिने धम्की दिँदै पटकपटक यौन शोषण गरेको पीडितको जाहेरीमा उल्लेख छ ।

पीडित युवतले श्रीमति सोनी खड्काले मतियारको भूमिका खेलेर पौडेललाई पक्राउ गर्नबाट रोकेको पीडित युवतीले आरोप लगाउँदै आएकी थिइन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal