आज :

नेतान्याहूलाई पक्राउ पुर्जी जारी गरेपछि ट्रम्पले अन्तर्राष्ट्रिय फौजदारी अदालतमाथि लगाए प्रतिबन्ध

  • अनलाइन डबली

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) माथि प्रतिबन्ध लगाउने आदेश जारी गरेका छन्। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वरक्षामन्त्री योभ गालान्टविरुद्ध पक्राउ जारी गरेपछि ट्रम्पले प्रतिबन्ध लगाउने आदेश जारी गरेका हुन् ।

‘आईसीसीले आफ्नो अधिकारको दुरुपयोग गरेको छ। अमेरिका र इजरायल यस अदालतका सदस्य होइनन् र यसलाई मान्यता पनि दिँदैनन्’ ट्रम्पले भने । उनले आईसीसीका अधिकारी, कर्मचारी र उनीहरूका परिवारका सदस्यका साथै अनुसन्धानमा सहयोग गर्ने जो कोहीको सम्पत्ति रोक्का र यात्रा प्रतिबन्ध लगाउने आदेश पनि दिएका छन् ।

प्रतिबन्धमा समावेश गरिएका सबैको अमेरिकामा रहेको सबै सम्पत्ति रोक्का गरिनेछ। साथै, उनीहरूलाई अमेरिका जानबाट पनि रोक लगाइनेछ । भिसा दिइने छैन।

नेतान्याहू अमेरिका भ्रमणमा छन् । उनले फेब्रुअरी ४ मा ट्रम्पलाई र फेब्रुअरी ६ मा सांसदहरूलाई भेटेका थिए । नोभेम्बर २१ मा आईसीसीले नेतान्याहू र ग्यालान्टविरुद्ध युद्ध अपराध, मानवअधिकार उल्लङ्घन र गाजामा नरसंहारको आरोपमा पक्राउ वारेन्ट जारी गरेको थियो ।

अघिल्लो कार्यकालमा पनि राष्ट्रपति ट्रम्पले २०२० मा आईसीसीमाथि प्रतिबन्ध लगाएका थिए।
अन्तर्राष्ट्रिय फौजदारी अदालतको मुख्यालय हेगमा छ। रोम सम्झौत अन्तर्गत बेलायत, क्यानडा र जापानसहित १२३ देशहरू अन्तर्राष्ट्रिय फौजदारी अदालतका सदस्य छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal