आज :

गाजा कब्जा गरेर रिसोर्ट बनाउने भनेपछि ट्रम्पविरुद्ध मुस्लिम देशहरू एकजुट, राष्ट्रसंघको पनि विरोध

  • अनलाइन डबली

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्यालेस्टिानी भूमी गाजा पट्टीलाई अमेरिकी नियन्त्रणमा लिने बताएपछि मुस्लिम देशहरुले एक स्वरमा विरोधमा उत्रिएका छन् ।

ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँगै पत्रकार सम्मेलनमा बोल्दै अमेरिकाले गाजा पट्टी कब्जा गरेर सोर्ट सिटी निर्माण गर्ने बताएका थिए । उनले गाजा पश्चिम एसियाको रोजगारी र पर्यटनको केन्द्र बन्ने दाबी गरेका थिए ।

ट्रम्पले गाजामा रहेका २३ लाख मानिसलाई इजिप्ट र जोर्डनजस्ता देशमा पुनर्वास गर्ने अमेरिकाले अहिले पश्चिम एसियाका समस्या समाधानका लागि लामो समयको योजनामा ​​काम गर्न थालेकोसमेत जनाए । ट्रम्पले यो योजना सारा विश्वका लागि फाइदाजनक साबित हुने बताउँदै यसको नतिजा छिट्टै आउनेछ ।

ट्रम्पले गाजा बारुदी सुरंग र आतंकवादी गुफाहरूले भरिएको बताउँदै पूरै गाजालाई समतल बनाइनेछ र त्यहाँ पूर्वाधारको विकास गरिने बताए ।

ट्रम्पको भनाईको मध्यपूर्वका देशहरूले विरोध जनाएका छन् । साउदी अरेबियाले आफू प्यालेस्टाइनी जनताको साथमा रहेको बताउँदै साम्राज्यवादी उद्देश्यका साथ गाजामा हुन घुसपैठको विरोध गर्ने बताएको छ ।

‘हामी प्यालेस्टाइनका जनताको साथमा छौँ। हामी साम्राज्यवादी उद्देश्यका साथ गाजामा कुनै पनि प्रकारको घुसपैठको विरोध गर्दछौं। इजरायलसँगको सम्बन्ध प्यालेस्टाइनसँग मात्र सम्भव छ। गाजाका जनताको निष्कासन सहने छै’ साउदीले भनेको छ । त्यस्तै, जोर्डन र इजिप्टले पनि ट्रम्पको भनाईको विरोध जनाएका छन् ।

उता युक्त राष्ट्रसंघले गाजालाई कुनै पनि हिसाबले कब्जा गर्नु र त्यहाँका जनतालाई विस्थापित गर्नु अन्तर्राष्ट्रिय नियमविपरीत भएको बताएको छ । गाजामा मानवअधिकार उल्लङ्घन गर्नु गलत हो।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal